arrow

लकडाउनको छैटौं दिनः रोकिएनन् उल्लंघनकर्ता, मापसे गरी सडकमा

logo
प्रकाशित २०७६ चैत १६ आइतबार
lockdown-bike.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिन नदिन सरकारले लगाएको लकडाउनको आइतबार छैटौं दिन हो । लकडाउन सफल भइरहे पनि उल्लंघनकर्ता पनि उच्च नै छन् । 

काठमाडौं उपत्यकाको शान्ति सुरक्षा सामान्य रहेको छ । प्रहरी निरीक्षक प्रदीप थापाका अनुसार उपत्यकामा आइतबार बिहान सामान्य रहेको छ । 

अटेर गरेर चलाउने सवारी साधनहरु पनि रहेका छन् । ती सवारी साधनलाई होल्ड गरिएको छ । ३२ वटा सवारी साधन शनिबारदेखि होल्ड गरेर राखिएको छ । 

उपत्यकामा अत्यावश्यक सवारी साधन मात्र चलिरहेका छन् । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरी कन्ट्रोल रुमका प्रहरी नायब निरीक्षक गान्धी श्रेष्ठका अनुसार शान्ति सुरक्षा सामान्य रहेको छ । लकडाउनको समय रहेकाले सबै आफ्नो घरमा बसेका कारण कुनै चोरी लुटपाट भएको छैन । 

उपत्यकामा सामान्य मापसे गरी होहल्ला गर्नेहरु १६ जनालाई पक्राउ गरिएको छ । तिनीहरुलाई अनुसन्धान गरेर छाडिने श्रेष्ठले बताए । 

उनीहरुले लकडाउनको अवज्ञासमेत गरेका हुन् । 

आइतबार बिहान कोटेश्वर, साँघु, बौद्ध, दरबारमार्ग, कलंकी लगायतका क्षेत्रमा थुप्रैलाई होल्ड गरेर राखिएको छ । 

१०० को फोनमा कसैले बुझेर र कसैले नबुझेर फोन गरेको पनि श्रेष्ठले बताए । उनले उनीहरुको समस्या बुझेर समाधानका लागि पहल गरिरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ