arrow

लकडाउनमा लागुऔषध कारोवार, मोरङमा २ जना पक्राउ 

logo
विवेक मिश्र,
प्रकाशित २०७६ चैत १६ आइतबार
drug.JPG

मोरङ। इलाका प्रहरी कार्यालय बेलबारीले शुक्रवार शाँझ लागु औषधसहित २ जना पक्राउ गरेका छ। पक्राउ पर्नेमा धनकुटा, छथर जोरपाटी गाउँपालिकाका वाड ६ सिधुवा बस्ने वर्ष २३ वर्षीय मोहन खड्का र तेह्रथुम, लालिगुरास नगरपालिका वाड नंम्बर ६ वसन्तपुरका ५६ वर्षीय रमेश कार्की पक्राउ परेको छन्।

इलाका प्रहरी कार्यलय बेलबारीका अनुसार पूर्व पश्चिम लोकमार्ग स्थीत बेलवारीमा सवारी चेक जाँचमा खटिएका प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ आएको को २४ प ३२८७ नम्बरको मोटर साइकल चेक जाँच गर्दा शङ्कास्पद देखिए पछि शरीर खानतलासी गर्दा खड्काको पाइन्टको गोजीमा कालो सेतो प्लास्टिकमा प्याक गरेको ९ ग्राम ब्राउन सुगर भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख गुणराज बुढाथोकीले शनिवार जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ