arrow

प्रजातन्त्र सेनानी रेग्मीको हृदयाघातबाट मृत्यु, देउवा दुखी

logo
प्रकाशित २०७६ चैत १६ आइतबार
deuba--nc-congress-1.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी सूर्यप्रसाद रेग्मीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आइतबार शोक विज्ञप्ति जारी गर्दै स्याङ्जा वालिङ नगरपालिका–२ का ७९ वर्षीय रेग्मीको निधनप्रति दुःख व्यक्त गरेका हुन् । रेग्मीको आइतबार हृदयाघातका कारण निधन भएको थियो । 

“स्याङ्जाका कांग्रेसका अग्रज एवम् शालिन नेता रेग्मीको  निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ, रेग्मीले नेपालको प्रजतान्त्रिक र पार्टी सङ्गठनमा पुर्‍याउनुभएको सक्रिय योगदानको स्मरण गर्दछु”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

सभापति देउवाले स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । रेग्मीलाई सभापति देउवाले गत फागुन १९ गते ज्येष्ठ राजनीतिज्ञसभाको सदस्यमा मनोनयन गरेका थिए ।

 स्व रेग्मीले विभिन्न कालखण्डमा जेल र निर्वासित जीवन बिताउनुका साथै पार्टी सङ्गठनमा अत्यन्त सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ