arrow

गर्मी बढ्यो, मौसम ठीकठाक

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
weather11.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 

वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौं समान्यतया सफा छ । पश्चिम र पूर्वका पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ । 

दिउँसो पहाडी र पूर्वका भूभागमा आंशिक बदली रहने छ । बेलुकी पहाडी भूभागमा आंशिक बदली रहने छ । 

मंगलबार पश्चिमी वायूका कारण हिमालमा हिमपात हुन सक्ने स्थिति रहेको छ । 

काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको छ भने भिजिबिलिटी ६ किलोमिटर रहेको छ । अधिकतम तापक्रम २९ देखि ३१ डिग्रीसम्म हुन सक्नेछ । 

काठमाडौंमा एकाएक गर्मी बढेको छ । आइतबार अधिकतम तापक्रम २९.९ डिग्री रहेको थियो । 

गर्मी बढ्दा मौसम ठीकठाक रहेको हो । हावाहुरी भने बढिरहेको छ । आइतबार सबैभन्दा बढी जनकपुरमा ३४ डिग्री सेल्सियस तापक्रम रहेको थियो । विराटनगरमा ३३.६, भैरहवामा ३३.४, धरानमा ३२.४, सिमरामा ३२.२ तापक्रम थियो । 

न्यूनतम जुम्लामा १.५ डिग्री रहेको थियो । न्यूनतममा अधिकतम भने विराटनगरमा २०.६ डिग्री रहेको थियो । 

यस्तो छ मंगलबार र बुधबारको पूर्वानुमान

चैत्र १८ गते मंगलबार

दिउँसोः देशको पश्चिमी पहाडी  भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातीः  देशको पश्चिमी भूभागमा सामान्य बदली रहने र मध्य र पुर्वका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। 

पश्चिमी भूभागका थोरै स्थानहरुमा र  मध्य र पूर्वका पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन र हावाहुरि  सहित बर्षा हुन सक्ने देखीएको छ। हिमाली भूभागका केहि स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ ।

चैत्र १९ गते (बुधबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक र दुई स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका केहि स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः  देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू(भागका एक–दुई स्थानमा मेघ गर्जन र हावाहुरि सहित वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ