arrow

काठमाडौं क्षेत्र २ का कांग्रेस नेताहरु पनि ताते लकडाउनमा जनसेवा गर्न, तरुण दल सक्रिय 

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं ।  कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रुप लिइसकेको वर्तमान परिस्थितिमा काठमाडौंमा पनि लकडाउन भइरहेको छ । जसका कारण सर्वसाधारणलाई असहज महसुस भइरहेको छ ।

यही असहज परिस्थितिलाई सहज गराउनका लागि नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ का नेताहरुले सहयोगका लागि आफूहरु तयार रहेको सन्देश दिइरहेका छन् । 

उनीहरुले व्यक्तिगत रुपमै भनेका छन्, ‘यो कठिन चुनौती सामनाका लागि सबैखाले साथ र सहयोग गर्न म र हाम्रो तरुण दल , हाम्रो पार्टी नेपाली काँग्रेस सदैव तत्पर रहेको यस सन्दर्भमा स्पष्ट पार्दछु । यो विषम परिस्थितिमा अहोरात्र सेवामा समर्पित चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी लगायत सम्बद्ध सम्पूर्णप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’

अगाडि भनिएको छ, ‘त्यस्तै प्रदेश सरकारहरु, स्थानीय सरकारहरु,जन प्रती निधी ,काठमाडौ महानगर कार्यपालिका ,शखरापुर  नगर कार्यपालिका कागेस्वरी नगर कार्यपालिका वडा तह सम्म कुनै प्रभाव कारी ठोस कार्य  नभएकोमा साबधानी अपनाउन तरुण दल युवा विद्यार्थी साथीहरू जन चेतना जगाउन कोभिड (१९ को  सामाजिक संजाल  मार्फत जन चेतना अभि वृद्धि तल्लो तह सम्म  जनताको सेवामा लाग्न हर्दिक अनुरोध गर्दछु ।’

त्यसैगरी लेखिएको छ, ‘कोरोना भाइरसबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न लकडाउनमात्र पर्याप्त छैन । यसको पूर्ण पालना र धेरैभन्दा धेरै व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्न जरुरी भइसकेको छ । त्यसैले सम्भव भएसम्म धेरै स्थानमा धेरै जनाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन र त्यो परीक्षणको नतिजा छिटो निकाल्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई मेरो आग्रह छ ।’
  
त्यस्तै भनिएको छ, ‘दिनानुदिन परिस्थिति प्रतिकुल बन्दै गएको र सरकारका काम गराई सुस्त र हल्का देखिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसको जोखिमबाट नेपाल र नेपालीलाई बचाउनका लागि प्रभावकारी र चुस्त कार्ययोजना बनाउन काठमाडौ महनगर वडा ९, ३२, शखरापुर नगरपालिका कागेस्वरी मनोहरा नगर कार्य पालिका प्रदेश सरकार नेपाल सरकार सँग माग गर्दछु ।’

अगाडि सम्पर्कका लागि भनिएको छ, ‘लकडाउनको यस कठिन स्थितिमा कुनै गम्भीर समस्या आएमा मलाई सदैव काठमाडौं निर्वाचन क्षेत्र नं २ का दिदीबहिनी तथा दाजुभाइहरुले तपशिल उल्लेखित साथीहरूलाई सम्पर्क गर्न सक्नु हुनेछ ।’

काठमाडौं क्षेत्र नं २ अन्तर्गतका नेता तथा महानगर वडा, नगरको लागि सम्पर्क गर्ने व्यक्ति र नम्बरहरु –
दीपक  प्रसाद कुइकेल, संविधान सभा  सदस्य, ९८५११९४८४५
पुरुषोत्तम चौलागाईं         क्षेत्रीय अध्यक्ष  नेपाल तरुण दल ९८५१०१७७६०
रबिन तामाङ                  क्षेत्रीय  उपाध्यक्ष तरुण दल ९८४८९३८७२८
राज कुमार श्रेष्ठ              क्षेत्रीय कोषाध्यक्ष  तरुण दल ९८५१०७६३१७
गगन रन्जित                 शखरापुर नगर अध्यक्ष  तरुण दल ९८५१०६२२९९
प्रेम थापा                      कागेस्वरी मनोहरा अध्यक्ष तरुण दल ९८४१२२१४७१
सुरेन्द्र बोहरा                  काठमाडौ महानगर ३२ अध्यक्ष ९८४१८२४४०५
दिनेश कार्की                 काठमाडौ महानगर ९ अध्यक्ष ९८५१०५३०८५
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ