चीनबाट ल्याइएका स्वास्थ्य सामग्रीमा क्लोरिनको गन्ध, फर्किएका सेनाको हेलिकप्टर फेरि उड्यो
प्रकाशित २०७६ चैत १७ सोमबार
510
Shares
काठमाडौं । चीनबाट शनिबार ल्याइएका स्वास्थ्य सामग्रीमा अनौठो गन्ध आएको भन्दै सामग्री पुर्याउन गएका नेपाली सेनाका दुई हेलिकप्टर समान नपुर्याइ फर्केपछि त्यसको जाँच भएको छ।
प्राविधिकहरु सहितको जाँचमा स्वास्थ्य सामग्रीमा क्लोरिन पाइएको थियो। पछि त्यसलाई गन्ध नआउने गरि प्याक गरेर सम्वन्धित ठाउँमा पठाउने काम भएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
सेनाका हेलिकप्टर प्रदेश १ को विराटनगर र सूदुरपश्चिम प्रदेशको धनगढीका लागि सामग्री लिएर उडेका हेलिकप्टर गन्ध आएपछि बीचबाटै फर्किएका थिए । अहिले दबै ठाउँमा सामान ढुवानी भएको छ। कर्णाली प्रदेशमा स्वास्थ्य राज्यमन्त्री स्वयं सामान लिएर गएका छन्। बाँकी रहेका प्रदेशमा सेनाले गाडी मार्फत ढुवानी गरेको छ।
विमान चालकले गन्धका कारण उडान भर्न नसक्ने बताएपछि धनगढीका लागि साँढे ७मा उडेको सेनाको स्काई ट्रक पौने ८ वजे फिर्ता भएको थियो भने विराटनगरको उडान रद्ध भएको थियो।