arrow

ललितपुरबाट साइकलमा भारत जादै गरेका दुई जनाको भट्टेडाँडामा लडेर मृत्यु

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
cycling.jpg

ललितपुर । वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ ।  सोमबार बिहान १०. ३० बजे झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर तिनको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु हुनेमा भारत, मोतीहारी वैरिया जिल्ला घर भएका २८ वर्षीय सन्तोष महतो र मोतीहारी ३ घर भएका २१ वर्षीय मुकेशकुमार गुप्ता रहेको इलाका प्रहरी कार्यालय छपेलीका प्रहरी सहायक निरीक्षक  मोहनकुमार भडेलले जानकारी दिए । उनले भने, “ सन्तोष लडेर सडकबाट ५० र मुकेश लडेर १५० मिटर तल पुगेका थिए । ” 

कोभिड –१९ सङ्क्रमणका क्रममा मुलुकमा  लकडाउन भइरहेका बेला उनीहरुसहित चार जना कान्ति लोकपथ हुँदै भारत जाने क्रममा रहँदा दुईको मृत्यु भएको खुल्न आएको छ । 

मुकेशका पिता सुरेशकुमार  र अर्का छिमेकी दीनानाथ प्रसाद  दुईजनाका पछिपछि अर्को साइकलमा गइरहेको हुँदा उक्त कुराको जानकारी बाहिर आएको हो । उनीहरु लकडाउन हुनुअघि चापागाउँ बसेर कवाडी कारखानामा काम गर्ने गरेको खुल्न आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ