arrow

सुरक्षाकर्मीलाई सुरक्षित राख्न पुगे नेविसंघका नेता कार्यकर्ता

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
nsu9.jpg

काठमाडौं। कोरोना भाइरसदेखी आफु बाँचौं, अरुलाइ पनि बचाउँ भन्दै सामाजिक चेतनामा सक्रिय नेबिसंघका नेता कार्यकर्ताहरुले सुरक्षाकर्मीहरुलाई पनि सुरक्षित राख्न अभियान थालेका छन्। 

हामी त घरमा छौ, सुरक्षित छौ तर सुरक्षाको क्षेत्रमा अहोरात्र काम गर्ने सुरक्षाकर्मी तथा उनीहरुको परिवारको मनोबैज्ञानिक तनावलाई आकंलन गरौं भन्दै नेबिसंघले नेपाल प्रहरीका सुरक्षाकर्मीलाई सुरक्षित राख्न अभियान थालेको हो। 

सदैब अरुको सुरक्षामा तल्लीन रहने सुरक्षाकर्मीहरु नै कोरोनाबाट असुरक्षित रहेको महसुस गरि नेपाल बिद्यार्थी संघ शंकरदेव क्याम्पसले सुरक्षाकर्मी सुरक्षित अभियान थालेको हो। यस क्रममा विद्यार्थी नेता दिपक ओझाको नेतृत्वमा संकलित मास्क र ग्लोवस लगाएतका स्वास्थ्य सचेतना सम्बन्धी सामग्रीहरु महानगरीय प्रहरी बृत्त, मालीगाउँ कमल पोखरीमा कार्यरत प्रहरीहरुको उपयोगका निम्ति कार्यालय प्रमुख प्रहरी उपरिक्षक भरत बिश्वकर्मालाई हस्तान्तरण गरिएको थियो। 

नेपाल बिद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वको टोलीले सामग्रीहरु हस्तान्तरण गरेको हो।सामग्री बितरण कार्यक्रममा नेबिसंघकी नेतृ एवं कांग्रेस महासमिति सदस्य निमा गिरी तथा युबा नेता श्याम तिम्सिना, नेबिसंघका नेताहरु दिपक ओझा, सोमराज मल्ल, रुपेश शाह लगाएतको सहभागि थिए।

अभियानकै क्रममा आइतवार संघले महानगरीय प्रहरी बृत्त, सिंहदरबार, अनामनगरमा कार्यरत प्रहरीहरुको उपयोगका निम्ति कार्यालय प्रमुख प्रहरी उपरिक्षक हरी बहादुर बस्नेतलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको थियो। आइतवारको कार्यक्रममा नेबिसंघका महामन्त्री युवराज पाण्डे, पुर्ब महामन्त्री कुन्दन काफ्ले लगायत पनि थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ