arrow

धमलाले जारी गरे सन्देश

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
dhamala.JPG


काठमाडौं। रिपोर्टर्स क्लब नेपालले यो वर्षको आफ्नो वार्षिकोत्सव नमनाउने घोषणा गरेको छ । आज चैत्र १७ गते क्लबको २२औं वार्षिकोत्सव हो । तर, क्लबका सभापति ऋषि धमलाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाएकोले सरकारको उक्त आदेशको पूर्ण पालना गर्दै यो वर्षको आफ्नो वार्षिकोत्सव नमनाउने निर्णय भएको जनाएका छन् । 

आज सोमबार क्लबको केन्द्रीय कार्यालय, भृकुटीमण्डपबाट एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो जानकारी दिएका हुन् । 
 
आज चैत्र १७ गते । रिपोर्टर्स क्लब नेपालको २२औं वार्षिकोत्सव हो । विश्वभरि महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि अहिले नेपाल सरकारले यही चैत्र १५ गते राति १२ बजेसम्म लकडाउन लगाएको छ । सरकारको यो आदेशलाई हामीले पूर्ण समर्थन र साथ दिँदै क्लबको यो वर्षको २२औं वार्षिकोत्सव नमनाउने घोषणा गर्दछौं । क्लबको विगतदेखि वर्तमानसम्म सबै जानकार हुनुहुन्छ । रिपोर्टर्स क्लब नेपालको २०५४ साल चैत्र १७ गते नेपाल कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईले समुद्घाटन गर्नुभएको हो । स्थापना कालदेखि आज २२ औं वर्षमा आईपुग्दा हामीले निकै चूनौति, अप्ठ्यारा, आरोह र अवरोह भोेगेका छौं । चूनौतिका साथै, भविष्यमा गन्तव्यमा पुग्नको लागि पनि हामीले निकै सफलता हाँसिल गरेका छौं । यहाँहरु सबैलाई थाहा छ, रिपोर्टर्स क्लब नेपाल भनेको देशभरिका पत्रकारहरुको सञ्जाल हो । क्लब भनेको श्रमजिवी पत्रकारहरुको साझा संस्था हो । रिपोर्टरहरुको साझा संस्था हो । मुलुकमा लोकतन्त्र ल्याउनको लागि, विधिको शासन, कानूनी राज्यमा मुलुकलाई अघि बढाउनको लागि पनि क्लबले अहम भूमिका निर्वाह गरेको कुरा जगजाहेर छ । हामीले प्रेस स्वतन्त्रताको सवालमा कहिल्यैपनि र कसैसँगपनि सम्झौता गरेका छैनौं । मुलुकमा तत्कालिन अवस्थामा विद्यमान दश वर्षे सशस्त्र द्धन्द्धको अन्त्य र शान्ति स्थापनाको लागि पनि हामीले वार्ताको आह्वान गर्दै भूमिका खेलेका थियौं । त्यतिवेला पनि हामीले क्लबका बहस गरिरह्यौं । क्लबले राज्य र विद्रोही दुवै पक्षलाई वार्ताको लागि दबाब दिएको थियो । तपाईहरु अविलम्ब वार्तामा बस्नुहोस भनेर हामीले झक्झकाएका थियौं । र, मुलुक वार्ताको माध्यमबाट अघि बढ्यो । १२ बुँदे सम्झौता भयो । विस्तृत शान्ति सम्झौता भएको ईतिहासलाई पनि म यहाँ कोट्याउन चाहन्न् । हामीले मुलुकमा दिगो शान्तिको लागि महत्वपूर्ण पहलकदमी लियो । विभिन्न तह र तप्काका व्यक्तिहरु, खासगरी दलका नेताहरुलाई एकै ठाउँमा राखेर बहस सुरु गर्यौं ।


तपाईहरु सबैलाई थाहा छ, आजपनि म सम्झन चाहन्ुछ । रिपोर्टर्स क्लब नेपालले पाँचौं वार्षिकोत्सव हामीले २०५९ सालमा मनाईरहँदाखेरि बिआईसिसीमा । त्यही भवनबाट संविधान जारी भयो । आज त्यो भवनमा संघीय संसद छ । अहिले जनप्रतिनिधिहरु त्यही भवनमा बहस गरिरहनुभएको छ । त्यो भवनमा हामीले पाँचौं वार्षिकोत्सव मनाएका थियौं । त्यो वार्षिकोत्सवमा हामीले राज्यको तर्फबाट तत्कालिन् प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र विद्रोहीको तर्फबाट जनसरकार प्रमुख डा. बाबुराम भट्टराईलाई एकै ठाउँमा राखेर हामीले बहस गरेका थियौं । त्यतिखेर शीर्ष नेताहरु माधवकुमार नेपाल, गिरिजा प्रसाद कोइराला, सुशिल कोइराला, वामदेव गौतमलगायतका सबै नेताहरुलाई हामीले एकै ठाउँ राखेका थियौं । ईतिहास साक्षी छ । हामीले द्धन्द्धको बेलामा पनि गणतन्त्रको लागि, लोकतन्त्रको लागि र अहिलेको परिवर्तनको पक्षमा हामीले मुलुकलाई अघि बढाउनको लागि, मुलुकमा सहमति, सहकार्य र एकताको लागि पनि सबै शक्ति मिल्नुपर्छ भनेर त्यतिखेर खेलेको भूमिका तपाईहरुसामू छर्लंगै छ । म व्याख्या र विश्लेषण गर्न चाहन्न । हाम्रो देशमा २०६२, ०६३ सालको जनआन्दोलनको कुरा गर्दाखेरि त्यतिवेला पनि क्लबले खेलेको भूमिका सबै नेपालीहरुकोसामू छ । र, क्लबले त्यतिवेला निरंकुशताको विरुद्धमा आफूलाई सशक्त रुपमा उभ्याएको थियो । हामी सडकमा प्रभावकारी रुपमा उभिएका थियौं । जनताको एजेण्डा बोकेर हामी लागिपरेका थियौं । जनतामा सूचना प्रवाह गर्न हामीले त्यतिवेला खेलेको भूमिकाबारे पनि सबै जानकार नै हुनुहुन्छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गते कु गरिसकेपछिको अवस्थामा रिपोर्टर्स क्लब नेपालले माघ २१ गते क्लबको केन्द्रिय कार्यालय पुतलीसडकमा साक्षात्कार गरेको थियो । त्यतिवेला बहसको लागि भीम रावल, सिपी मैनाली र नारायण खड्का आउनुभएको थियो । देशमा त्यतिवेला कर्फयु थियो । सबै मिडिया हाउसमा सेनाको उपस्थिति थियो । तर, पनि रिपोर्टर्स क्लब नेपालले जनताको पक्षमा, स्वतन्त्रताको पक्षमा, विधिको शासनको पक्षमा र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याईरह्यो । 


क्लब हरेक समयमा चूनौतिहरु पार गर्दै अघि बढिरह्यो । निरंकुशताको विरुद्धमा लड्दै लड्दै हामीले सडकमा नै साक्षात्कार गर्यौं । जतिबेला कर्फयु लागेको थियो । कांग्रेस नेता नरहरि आाचार्यलाई थाहा छ । उहाँले त्यतिवेला भन्नुभएको थियो, हामी क्लबको हलमा कार्यक्रम नगर्ने ऋषिजी, सडकमा गर्ने भन्नुभयो । बैशाख ८ गते हामीले कफर््यु लागेको बेलामा सडकमै कार्यक्रम गर्यौं । क्लबले गणतन्त्रको पक्षमा धेरै नेताहरु बोलाएर बहस गरायो । नागरिक समाजलाई बोलायो । म अहिलेपनि सम्झन चाहन्छु पद्यमरत्न तुलाधरलाई । त्यतिवेला गणतन्त्रको पक्षमा कसले बोल्ने ? भन्नेबारे होडबाजी थियो । उहाँले म बोल्छु भन्नुभयो । ईतिहास साक्षी छ । क्लबलाई आज यो ठाउँमा पुर्याउनको लागि किसुनजीको महत्वपूर्ण भूमिका छ । उहाँले क्लबको पहिलो वक्ताको रुपमा आउनको लागि त्यतिखेर स्विकार गर्नुभयो । उहाँ आएर शुभारम्भ भएको क्लब आज २२औं वर्षमा प्रवेश गरेको छ । यो २२औं वर्षको अवसरमा म आज त्यतातिर पनि जान चाहन्न । क्लबको कुरा गर्दाखेरि म मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, सुशिल कोइराला, तुलसीलाल अमात्य, सहाना प्रधान सबैलाई म सम्झन चाहन्छु । उहाँहरु सबैले रिपोर्टर्स क्लब नेपाललाई माया गर्नुभयो । उहाँहरुले क्लबको कार्यक्रममा आएर जस्तोसुकै परिस्थितिमा पनि आफ्नो कुरा राख्नुभएको छ । सबै दलका नेताहरुलाई एकै ठाउँमा राखेर, व्युरोक्र्याटसलाई एकै ठाउँमा राखेर, डिप्लोम्याट्सलाई एकै ठाउँ राखेर, हरेक तह र तप्का व्यक्तिहरुलाई एकै ठाउँ राखेर बहसको सिर्जना गर्ने काम रिपोर्टर्स क्लब नेपालले गरेको छ ।

धेरै नेताहरुले भन्ने गर्नुभएको छ संसद नभएको बेलाको संसद भनेको रिपोर्टर्स क्लब नेपाल हो भनेर । म त्यसको पनि बखान गर्न चाहन्न । निरंकुशताविरुद्धको लडाईमा रिपोर्टर्स क्लब नेपालले खेलेको भूमिका सबैसामू छर्लंग छ । त्यसैले आजको दिनमा म ईतिहासपनि कोट्याउन चाहन्न् । आजको दिनमा एउटा संकल्प गर्न चाहन्छु । हामीले प्रत्येक वर्ष वार्षिकोत्सव भव्य रुपमा मनाएका छौं । साधारण सभापनि भव्य रुपमा सम्पन्न गरेका छौं । आज देश कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणकोलागि लडिरहेको छ । यो अवस्थामा आफ्नो ज्यानको प्रवाह नगरी २४सै घण्टा समाचार संकलनमा खटिनुभएका सबै सञ्चारकर्मीहरुप्रति स्यालुट गर्न चाहन्छु । म नेपालका सञ्चारकर्मीहरुलाई अभिनन्दन गर्न चाहन्छु । क्लब आफ्नो स्थापना कालदेखिनै सञ्चारकर्मीहरुलाई प्रोत्साहन गर्दै आएको छ । हामीले पुरस्कार पनि प्रदान गर्ने गरेका छौं । क्लबले गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार, मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार, बाबुछिरी फोटो पत्रकारिता पुरस्कार, तारिणी प्रसाद कोइराला पत्रकारिता पुरस्कार, कृष्णसेन ईच्छुक पत्रकारिता पुरस्कार, र धेरै पुरस्कार स्थापना गर्यो । हामीले सबै पत्रकारहरुलाई पुरस्कृत गर्नुपर्छ । अभिनन्दन गर्नुपर्छ भनेर राष्टिय अभियान नै सञ्चालन गरेका छौं । आज सबै क्षेत्रमा यसको एउटा बाढी नै आएको छ । त्यसैले म त्यतातिर पनि जान चाहन्न् । क्लबले जसरी पत्रकारहरुलाई पुरुस्कृत र अभिनन्दन गर्ने गरेको छ । यो कार्यलाई हामी निरन्तरता दिन चाहन्छौं ।

यो वर्ष हामीले वार्षिकोत्सव र साधारण सभा नमनाएपनि हामी देशमा गणतन्त्र आएको दिन जेठ १५ गते भव्य रुपमा २२औं वार्षिकोत्सव र साधारण सभा मनाउने घोषणा पनि म यहीँबाट गर्न चाहन्छु । र, जेठ १५ गतेसम्म हामी कोरोनाविरुद्ध सबै एकजुट भएर लड्नुपर्छ । हामी सबैले आ आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्नुपर्छ । विश्वबाटै कोरोना भगाउनुपर्छ । त्यसको लागि नेपालबाट अभियान सुरु गर्नुपर्छ । हामी नेपाल सरकारले गरेको लकडाउनलगायतका महत्वपूर्ण निर्णयहरुको स्वागत गर्दछौं । लकडाउनको पक्षमा आफूलाई उभ्याउँदै आजको वार्षिकोत्सव नमनाएका हौं । आजको मुख्य जिम्मेवारी भनेको सरकारलाई कोरोनाविरुद्ध लड्न सघाउनु हो । हाम्रो लागि चौविसै घण्टा समाचार महत्वपूर्ण छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेका हरेक कदमलाई प्रभावकारी बनाउनको लागि हामी मिडियाकर्मीले पनि संकल्प गरेका छौं । आगामी दिनमा पनि रिपोर्टर्स क्लब नेपाल त्यो अभियानमा अगाडि बढिरहनेछ । क्लबको चार वटा सिद्धान्त छ । लोकतन्त्र, विधिको शासन, कानूनी राज्य र प्रेस स्वतन्त्रता । यी नै हाम्रा मुख्य एजेण्डा हुन् । हामी ती मुद्दाहरुमा कहिल्यैपनि कोहीसँग सम्झौता गर्दैनौं । हाम्रो एजेण्डा भनेको विकास र समृद्धि हो । हामी त्यसको लागि आगामी दिनमा पनि सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्छौं । आजको दिनमा मुख्य चूनौति भनेको कोरोना भाइरस हो । कोरोना भाइरसले जसरी विश्वलाई गाँजेको छ, आज विश्वका राजनेताहरु एक भएका छन् । कोरोनालाई विश्वबाट भगाउनको लागि एकजुट भएका छन् । यसको लागि सशक्त र प्रभावकारी कदम सबैले चाल्नुपर्छ । 


म नेपालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुप्रति स्यालुट गर्न चाहन्छु । तपाईहरु जुन किसिमले खटिनुभएको छ । यो अभियानमा होमिनुभएका सबैलाई म भन्न चाहन्छु यतिवेला तीन करोड जनता तपाईहरुको साथमा हुनुहुन्छ । कोरोना संक्रमितहरुको गम्भिर भएर उपचार गरौं । आज विश्वको कुरा गर्नुहुन्छ भने कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका छन् । आँत्तिनुपर्दैन् । डराउनुपर्दैन् । कोरोना लागेपछि मलाई केही हुन्छ कि ? मेरो मृत्यु हुन्छ कि भनेर कोही पनि डराउनुपर्दैन् । यो भाइरस लागेका धेरै मानिसहरु उपचारपछि निको भएका हामीले देखेका छौं । हाम्रो देशको कुरा गर्दा आजसम्म ५ जनामा यसको संक्रमण देखिएको छ । एक जना त उपचारपछि निको भएर गैसक्नुभएको छ । अहिले चार जना उपचार गराईरहनुभएको छ । उहाँहरुको पनि म शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आजको दिन नेपालमा एउटा राष्टिय सहमति बनेको छ । सबै तह र तप्काको समर्थन छ । सरकारको कदमलाई सबै तह र तप्काको पूर्ण साथ र सहयोग छ । अहिलेको अवधि भनेको लकडाउनको अवधि हो । यो बेलामा सबैजना घरमै बसौं । मेरो सबैमा अनुरोध छ । हामी घरभित्रै बसौं ।

हामीले अरुलाई पनि बचाउनुहुन्छ । र आफू पनि बाँच्नुछ । हाम्रो एउटा संकल्प छ । यो अवधिमा सबैजना होमक्वारेन्टाईनमा नै बसौं । सरकारको यो आदेशलाई हामीले उल्लंघन गर्नुहुँदैन् । तपाईहरुको समस्या हामीलाई थाहा छ । अहिले तपाईहरुलाई खाद्यान्नको अभाव हुनसक्छ । तपाईहरु साँच्चिकै पीडामा हुनसक्नुहुन्छ । विरामी पर्न सक्नुहुन्छ । आफ्ना आफन्तहरु अस्पतालमा उपचार गराईरहनुभएको होला । हामी तपाईहरुको यो पीडा र यथार्थताबारे नेपाल सरकारलाई झकझकाउनेछौं । मेरो बिन्ती छ कि कोही पनि दाजुभाई, दिदिबहिनी, आमाबुवाहरु अत्यावश्इक कामबाहेक कोही पनि बाहिर ननिस्किदिनुहोला । आज क्लबको यो २२औं वार्षिकोत्सवको अवसरमा म सबैलाई यही आग्रह गर्न चाहन्छु । हामीले अहिले आत्मसात गरेको छौं । एकआपसमा घुलमिल गर्नुहुँदैन् । भीडभाड गर्नुहुँदैन् । हात मिलाउनुहुँदैन् । अंकमाल गर्नुहुँदैन् । हामी नेपालीहरुको एउटा संस्कार छ नमस्कार गर्ने । हो, त्यही गरौं । आफ्नो संस्कृतिको बढावा गरौं । यो नमस्कार नै सबैभन्दा ठूलो औषधी हो कोरोना भाइरसको । कोरोना भगाउने यही औषधी हो । यो नै संजिविनी बुटी हो । त्यसैले हामीले एक आपसमा नमस्कारको शैलीलाई अपनाऔं ।

जहिल्यैपनि आत्मसात गरिरहौं । कोरोना भाइरसलाई तह लगाउनको लागि, निमिट्यान्न पार्नको लागि सबैभन्दा ठूलो अस्त्र हो लकडाउन । यो लागु गरेर आज विश्वले प्रमाणित गरिसकेको छ । बेलैमा होशियारी र सावधानी नअपनाउँदा आज अमेरिकामा कोरोनाको संक्रमण फैलिरहेको छ । त्यहाँ ठूलो महामारी देखिएको छ । इटालीमा हेर्नुहोस के हाल भयो । त्यहाँपनि ठूलो महामारी फैलियो । अहिले युरोपमा समस्या नै समस्या छ । त्यसैले त्यतातिर सबैले ध्यान दिनुपर्छ । नेपालमा अहिलेकोभन्दा ठूलो संकट नआओस भनेर सरकारले चालेको कदम प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ । नेपाली जनताको मनमा सरकार बस्नैपर्छ । जनताको चाहनाअनुसार सरकारले काम गर्नैपर्छ । नेपाली जनताको मागलाई सरकारले सम्बोधन गर्नैपर्छ । राहतको प्याकेज अब घोषणामात्रै होईन, व्यवहारमा लागु गर्नुपर्छ । विगतमा नेपालका नेताहरु भाषण गर्नमा मात्रै अभ्यस्त हुनुहुन्छ, तर व्यवहारमा उतार्न चुकेको अवस्था छ । अब चाहीँ सरकारले साँच्चै यो व्यवहारमा लागु गरोस् । नेपाल सरकारका मन्त्रीहरुले पनि अब बोली र भोषणमात्रै दिएर हुँदैन् । एक्शन ओरिएण्टेड हुनुपर्छ । 


क्लबले आफ्नो स्थापना दिवस अर्थात वार्षिकोत्सव नमनाउँदा हामीलाई केही फरक परेको छैन् । यो वार्षिकोत्सव हामी आउने जेठ १५ गते मनाउँला । आज कोरोनाको यो कहरमा नेपालका सञ्चारकर्मीहरुले आफ्नो दायित्व निर्वाह गरिरहेका छन् । देशभरिका पत्रकारहरु अहिले खटिरहनुभएको छ। यो बेलामा नेपाल टेलिकम लगायत अरु ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई म पत्रकारहरुको लागि निःशुल्क ईन्टरनेट दिन आग्रह गर्दछु । यो अभियानमा हामी राष्टिय बहसको विषय बनाउँ । सञ्चारकर्मीहरुको लागि ईन्टरनेट सेवामा भारी छुट दिनको लागि पनि सरकारका प्रवक्तालाई आग्रह गर्दछु । सकेसम्म निःशुल्क दिनुहोस् । पत्रकारहरुले यो बेलामा खेलेको भूमिकाप्रति नेपाल सरकारको ध्यान जाओस् । म सबैलाई आग्रह गर्न चाहन्छु । नेपाल सरकारलाई, सम्माननीय प्रधानमन्त्रीज्यू केपी शर्मा ओलीलाई पनि आग्रह गर्न चाहन्छु कि सञ्चारकर्मीको भावनालाई बुझिदिनुहोस् । जस्तोसुकै चूनौतिको अवस्थामा पनि नेपालका पत्रकारहरुले आफ्नो दायित्व पूरा गरेका छन् ।

यो कुरालाई मनन गर्नुपर्यो । २०६२, ०६३ सालको जनआन्दोलनमा सञ्चारकर्मीहरुले खेलेको भूमिका त ऐतिहासिक थियो । नेपालमा लोकतन्त्र ल्याउनको लागि सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका थियो । शान्ति प्रक्रियालाई सफल तुल्याउनको लागि पनि हाम्रो भूमिका महत्वपूर्ण थियो । संविधानसभाबाट संविधान जारी गराउनको लागि पनि सञ्चारकर्मीहरुको भूमिका थियो । संविधान जारीपछि तीनै तहको निर्वाचन गराउनको लागि पनि सञ्चारकर्मीहरुको भूमिका थियो । नाकाबन्दी र महाभुकम्पको बेलामा हामीले खेलेको भूमिका कोहीबाट छुपेको छैन् । आजपनि हामी एउटा संकटको अवस्थामा हौं । हाम्रो देश आज कोरोनाको जोखिममा छ । अहिलेको अवस्थामा हामी सबैले एउटा प्रण गरौं कोरोना भाइरसविरुद्ध एकजुट भएर लडौं । यो रोगको अहिलेसम्म औषधी छैन् । भ्याक्सिनहरु बनेका छैनन् । हामीले आफ्ना शैलीहरु पनि परिवर्तन गर्नुपर्छ । हाम्रो नमस्कारको शैलीलाई अपनाऔं । कोरोना भाइरस विश्वबाटै भगाउनको लागि रिपोर्टर्स क्लब नेपाल सशक्त भूमिका निर्वाह गर्छ । आज अस्पतालमा कोरोनाको संक्रमण भएर उपचार गराईरहनुभएका चारै जनामा पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु । सबै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरु सबैलाई आग्रह गर्छु तपाईहरु आत्मविश्वासका साथ अघि बढ्नुहोस् । जहिलेपनि ऋषि धमला तपाईहरुको साथमा छ । नमस्कार  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ