arrow

कांग्रेस पार्टी कार्यालयलाई क्वारेन्टाइन बनाइयो

logo
दीपकलाल श्रेष्ठ,
प्रकाशित २०७६ चैत १७ सोमबार
congress-party-office.jpg

बर्दिया ।  कोरोना भाइरसको संक्रमणको जोखिम रहेको विपद्को यो अवस्थालाई मध्य नजर गर्दै नेपाली कांग्रेस बर्दियाले गुलरिया नगरपालिका बडा नं ६ मा रहेको पार्टी कार्यालय "कृष्ण दिव्य स्मृति भवन" लाई क्वारेन्टाइन को रुपमा प्रयोगमा ल्याउने भएको छ। 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आफ्ना जिल्लावासीलाई पनि सहज होस् भन्ने उद्देश्यले गुलरियामा रहेको पार्टी कार्यालयमा नै क्वारेन्टाइन निर्माण गरिएको नेपाली कांग्रेस बर्दियाका सभापति एंव संघीय सांसद संजय कुमार गौतम ले बताए। 

देश नै असहज परिस्थिति रहेको यो अवस्थामा थोरै भए पनि हातेमालो गर्ने हेतुले देश र जनताका लागि सधैं सहयोग गर्न तत्पर हामिले पार्टी कार्यालयलाई क्वारेन्टाइन बनाउने निर्णय गरेर आज स्थानीय गुलरिया नगरपालिका बडा नं ६  लाई हस्तान्तरण गरिएको गौतमले भने। १० जना सम्म बस्न मिल्ने व्यवस्था गरिएको यो क्वारेन्टाइनका हरेक आर्थिक भार खाना देखि सम्पुर्णको व्यवस्थापन समेत हामी आफैले गर्ने समेत गौतमले जानकारी दिए। जिल्लामा भारतबाट फर्किनेको संख्या बढ्ने क्रम जारी रहेकोले थप क्वारेन्टाइन आवश्यकता हुने देखेर क्वारेन्टाइन निर्माण गरिएको समेत गौतमले भने। 

 सोमबार एक कार्यक्रमका बीच बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले र गुलरिया नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण गौतमको उपस्थितिमा गुलरिया नगरपालिका बडा नं ६ का बडा अध्यक्ष निरज कुमार शर्मालाई क्वारेन्टाइनको साँचो हस्तान्तरण गरिएको थियो। 

बर्दियामा हाल सम्म ८ सय भन्दा बढी भारत र अन्य देशबाट आएका नागरिकहरुको चेकचाज गरिएको र १ सय ४८ जना बर्दियाको बिभिन्न स्थानिय निकायको प्रयासमा खोलिएका क्वारेन्टाइन राखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। क्वारेन्टाइनमा हाल सम्म जिल्लामा २ सय ९३ बेडको व्यवस्था रहेको समेत प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए। 

देशमा हाल सम्म ५ जनाम कोरोना भाइरस संक्रमित देखिएको र बर्दियाको छिमेकी जिल्ला कैलाली एक जना कोरिया भाइरस पोजेटिभ देखिए पछि प्रशासनले सुरक्षा व्यवस्था कडा गरि हिडडुलमा समेत बन्देज लगाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ