arrow

लकडाउनका कारण अलपत्र मजदुरलाई घर पुर्‍याईंदै

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७६ चैत १८ मंगलबार
lockdown-ktm.jpg

पाँचथर । सरकारले गरेको लकडाउनका कारण पाँचथर जिल्लाका विभिन्न आयोजनाहरुमा कार्यरत अलपत्र परेका मजदुरहरुलाई सम्वन्धित ठाउँमा पुर्याउनका लागि तयारी अघि वढाएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरले जिल्लाका बिभिन्न ठाउँमा निर्माण कार्यमा रहेका कामदारलाई सम्बन्धित ठाउँमा पुर्याउनका लागि मार्ग खुल्ला गरेको हो ।

कामदार लैजानका लागि आवश्यक कागजात बनाउन अनुरोध गरेसंगै उनीहरुको उद्धारका लागि प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाईले बताए ।

 जिल्ला प्रशासन कर्यालय पाँचथरले सवारी प्रयोग गर्न आवस्यक कागजात बनाउँदा चाहीने कागजात सहित उपस्थित हुन आब्हान गरिएको उनले बताए ।

निबेदन, काम गर्न बन्द भएको पत्र, कामदारको नाम ठेगाना सहितको बिवरण, कामदार लैजाने सवारी साधनको चालकको अनुमती पत्र, गाडीको ब्लुबुक, बिचमा सवारी रोक्न नहुने र अन्य यात्रु लैजान नहुनेबारेको प्रतिबद्धता पत्र सहित प्रशासनमा सम्पर्क गर्न अनुरोध गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ