arrow

स्वाब परिक्षणमा देखिदैन कोरोना, कारण नै नखुली आइसोलेशन मै जान्छ विरामीको ज्यान

ज्वरो जाँच्ने भरमा अस्थायी आइसोलेशन : न त भेन्टिलेर न आईसियु, अक्सिजन समेतको छैन व्यवस्था

logo
नारायण वली,
प्रकाशित २०७६ चैत १८ मंगलबार
butwal-hospital.jpg

रुपन्देही । महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को प्रभाव अहिले विश्वका अधिकांश देशहरुमा यसको प्रत्यक्ष असर मानविय संसाधानमा परेको छ । जसका कारण धेरै मानिसहरुको ज्यान समेत गईसकेको छ । त्यसको असर नेपालमा पनि कोरोना भाईरसको संक्रमण भएका मानिसहरु भेटिने गरेको पाईएको छ ।

उक्त भाईरस प्रकोपका विरामीहरुलाई सहज र सरकारद्वारा विशेष हेरचाहमा उपचार गर्ने व्यवस्था मिलाए पनि तर पछिल्लो समय सोही उपचार केन्द्रहरु गोली विनाको हतियार वन्न पुग्दा केही मानिसहरुको ज्यान गएको विभिन्न सञ्चारमा आउन थालेका छन् । यस्तै रुपन्देहीको बुटवलमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा गत आईतवार पाल्पा स्थायी घर भई हाल रुपन्देहीको सैनामैनामा वस्दै आएका वावुराम थापाको सोही अस्पतालमा उपचारात अवस्थामा मृत्यु भएको थियो ।  

कोरोना भाईरसको आशंका लागेका व्यक्तिहरुलाई मात्रै आइसोलेशन वार्डमा राखेर उपचार गर्ने भनिए पनि तर अहिले उक्त आइसोलेशनमा रहेका विरामीहरुको एकपछि अर्को गरी मृत्यु हुनु तथा ल्याव परिक्षण कोरोना भाईरस नेगेटिभ देखिनु र मृत्युको कारण नै पत्ता नलागी यता आइसोलेशनमा राखिएका त्यस्ता व्यक्तिहरुको मृत्युको प्रसंगले कोरोना विशेष अस्थायी अस्पतालहरुको उपचार पद्धती माथि प्रश्न चिन्ह खडा भएको छ । 

भौतिक संरचना अन्र्तगत एउटा ज्वरो जाँच्ने डिजिटल मेसिन वाहेक अन्य कुनै अत्यावश्यक सेवाको प्रवन्ध नमिलाएर खोलिएका कोरोना विशेष अस्थायी अस्पतालहरु कतिको भरपर्दाे र प्रभावकारी सेवामुखी छ भन्ने कुरा गत आईतवार मृत्यु भएका वावुराम थापाको घटनाले पुष्टि गरेको बुटवलका (नाम नखुलाउने सर्तमा) एक व्यक्तिको भनाई रहेको छ । साथै उनले भने, आईतबार मृत्यु भएका रुपन्देहीको सैनामैनाका ३४ वर्षीय बाबुराम थापाको रिपोर्ट पनि नेगेटिभ आयो भन्ने खवर समाचार सुनेर थाहाँ पाएको भन्दै अव भरपर्दो र सवै खालको चेकजाँच हुने उपचार केन्द्र सरकारले निर्माण गर्नुपर्ने वताउँदै, उनले होईन भने आवश्यक मेसिन सहित उपचारको व्यवस्था मिलाउन सरकार संग माग गरे  । 

चैत ६ गते वैदेशिक रोजगारीका लागि दुवई गएका थापा घर आएको उनी आउँदा सामान्य ज्वरो आएको अवस्था भएपछि चैत ८ गते उनी मुर्गियामा रहेको एक मेडिकलमा चेकजाँच गराएपछि उनमा टाईफाई भएको रिर्पोट आएपछि सोही अनुसार औषधी खाएर घरमा वसेको र केही सन्चो भएपनि तर ज्वरो आउन नरोकिए पछि थप उपचारका लागि लुम्विनी प्रादेशि अस्पताल आएपछि उनलाई कोरोना भाइरसको आशंकमा चैत १३ गते धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल भर्ना गरिएको उक्त अस्पतालले जनाएको छ । 

कोरोना भाईरस भएको आशंका आइसोलेशनमा राखिएका सो व्यक्तिको स्वाब परिक्षणका लागि भने ३ दिन पछि मात्रै पठाईएको विषयमा जिज्ञासा राख्दा कोरोना विशेष अस्पताल स्रोतले दिएको जानकारी अनुसार स्वाब परिक्षणका लागि  केन्द्रिय प्रयोगशालामा काठमाण्डौ पठाउने कुनै माध्यम नभएपछि आईतवार पठाएको वताएको छ ।

यसैविच श्रीमानको मृत्युको खवरले विक्षिप्त वनेकी मृतक थापाकी धर्मपत्नी सीता थापाले आफ्नो श्रीमानको मृत्यु अस्पतालको लापरवाहीका कारण भएको भन्दै श्रीमती सीताले आफ्नो श्रीमानलाई (जेन्डिस) भएको र त्यसैमा मुर्गियामा चेकजाँच गराउँदा डाक्टरले टाईफाई भएको छ भनेपछि सोही अनुसार औषधी खाएर घरको वसेको वताउँदै उनले कोरोना भाईरसको आशंका भनी आइसोलेशन वार्डमा राखेर अन्य कुनैपनि रोगको चेकजाँच तथा उपचार नगर्दा मृत्यु भएको हो भन्ने जस्ता शव्दहरु वोलिरहेकी थिईन् । यसैविच थापाको मृत्यु के कति कारण हुन पुगेको हो भन्ने सम्बन्धमा कोरोना विशेष अस्पताल बुटवलले त्यसको कुनै आधिकारिक ठोस कारण खुलाउन सकेको छैन् । यता स्वास्थ्यकर्मीहरुको लागि पर्सनल प्रोटेक्टीभ ईकुमेण्ट (पीपीई) बिना आइसोलेशन वार्ड बनाईएको चिकित्सकहरुको भनाई रहेको छ । कोरोना विशेष अस्पतालमा न कुनै अक्सिजन, भेण्टिलेटर र आईसियु कुनै पनि नभएको अवस्थामा विशेष अस्पतालको खाली बोर्ड लगाए मात्रै आइसोलेशन नहुने एक स्वास्थ्यकर्मीको भनाई रहेको छ । 

यस्तै यता लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकलका सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले महामारीको रुपमा फैलिएको  उक्त भाईरसको यो विषम समयमा उपचार सम्वन्धि सबै वन्दवस्तो अपुरो भएएपनि यसलाई धेरै काम गर्न सकेको वताउँछन् । उनले भने विश्वलाई नै सन्त्रासको भुमरीमा पार्न सफल कोरोना भाइरसलाई रोकथाम गर्न नेपालकका हालै स्रोत साधनहरुको अधिकतम उपयोगको विकल्प नरहेको भन्दै सुपरिटेण्डेन्ट डा. खनालले सरकारले जे जति उपलब्ध गराएको छ स्रोत साधन त्यसैलाई उपयोग गर्दै उपचारमा अगाडी वढ्न डाक्टरहरुको साहसिक एंव ज्ञान पस्किनु पर्ने वताए ।

त्यस्तै आजको थप नयाँ खवर वारे जान्नका लागि पटक–पटक फोन गर्दा कोरोना विशेष अस्पतालका फोलक पर्सन डा. सुर्दशन थापाको भने फोन उठ्न सकेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ