arrow

विपन्न तथा गरिव परिवारलाई नि:शुल्क खाद्यान्न ढुवानी 

logo
प्रकाशित २०७६ चैत १८ मंगलबार
Rukum_District.png

रुकुम । बिपन्न तथा गरिब परिवारलाई नि:शुल्क ढुवानीको व्यवस्था  गरिएको छ । नेपाली कांग्रेस आठबिसकोट नगरपालिका कार्य समितिको पहलमा नगरक्षेत्र भित्रका गरिव तथा बिपन्न परिवारलाई नि:शुल्क ढुवानी गरिएको आठबिसकोट नगरपालिकाका सभापति कमल शाहले जानकारी दिएका छन् । 

नेपाली कांग्रेस आठबिसकोट नगरपालिकाका सह सभापति प्रेमबहादुर चन्दको ६१० नम्बरको गाडीले विपन्न परिवारको अत्यावश्यकीय सामाग्री ढुवानी गरिएको जनाएको छ । 

सोमबार आठबिसकोट नगरपालिका १३ का १८ घरपरिवारलाई आठविसकोट राडिबजारबाट सामाग्री ढुवानी गरेको थियो । त्यस्तै आठबिसकोट नगरपालीका ७ का  दाजेका ७ परिवारको पनि खाद्यान्न ढुवानी गरेको जनाएको छ । 

नेपाल सरकारले  कोरोना भाइरसको जोखिम बढेको भन्दै लकडाउन गरेपछि गरिव तथा विपन्न परिवारमा खाद्यान्न अभाव देखिएको थियो । घरसम्मै नि:शुल्क खाद्यान्न सामाग्री ढुवानी भएपछि स्थानीय खुसी भएका छन् । त्यस्तै लकडाउनको समयमा गर्भवती, सुत्केरी र लडेका बिरामीलाई समेत नि:शुल्क उद्दार गरि अस्पतालसम्म समेत पुर्‍याउने गरेको आठबिसकोट नगरपालीकाका नगर सह- सभापति प्रेमबहादुर चन्दले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ