arrow

लकडाउनको नवौं दिनः रोकिएन उल्लंघन, बिहानै इनारमा खसेका ८० वर्षेको उद्दार 

logo
प्रकाशित २०७६ चैत १९ बुधबार
lockdown-bike.jpg

काठमाडौं । सरकारले लगाएको लकडाउनको बुधबार नवौं दिन । यो अवधिमा लकडाउन तोड्नेहरु उपत्यकामा धेरै नै रहेका छन् । व्यक्ति र सवारी लिएरसमेत पनि उल्लंघन गरेका छन् । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रहरी कन्ट्रोल रुमका प्रहरी नायब निरीक्षक हरजित कुँवरका अनुसार शान्ति सुरक्षा सामान्य रहेको छ । दुई ठाउँमा सडक दुर्घटना भएको छ । 

बिहान ४ः३५ बजे भक्तपुरमा एक जना इनारमा खसेका छन् । उनको जिवितै उद्धार भएको छ । 

जगातीबाट खटिएको प्रहरी टोलीले जिवितै उद्दार गरी ८० वर्षका कृष्णचरण मनुकर्मीलाई बचाउन सफल भएको हो । 

उपत्यकाबाट बिहान ६ बजेसम्म काठमाडौं जिल्लाबाट १८५ जनालाई पक्राउ गरिएको छ । ललितपुरबाट १९ जना नियन्त्रणमा लिइएको छ । तत्काल जहाँबाट नियन्त्रणमा लिइएको छ त्यहीं राखेर सम्झाउने प्रयास भइरहेको कुँवरले जनाए । 

कोही मर्निङ वाकमा र कोही रमितेजस्तै भएको बताइएको छ । उनीहरुलाई होल्डमा राखेर छानबिन गरेर निर्णय गरिने बताइएको छ । 

सरकारले चैत ११ देखि चैत २५ गतेसम्म लकडाउन गरेको छ । कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरे पनि उल्लंघन गर्नेको संख्या बढिरहेको छ । 

अहिले विशेषगरी स्थानीयबाट एक ठाउँबाट अर्को ठाउँमा जानका लागि पासको व्यवस्था, दैनिक उपभोगका सामग्री कहाँ पाइन्छ भनी फोन आउने गरेको पनि कुँवरले बताए । 

यता ट्राफिक प्रहरी निरीक्षक सुरेश ठाकुरका अनुसार उपत्यकाको सवारी अवस्था सामान्य रहेको छ । ५० वटा सवारी साधन होल्ड गरिएको छ । त्यो क्रम बढ्दो छ । 

अहिले घरमै बस्ने समय भएकाले जथाभावी बाहिर ननिस्कन पनि उनले आग्रह गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ