arrow

नेविसंघद्धारा प्रहरी र संचारकर्मीलाई स्वास्थ्य सचेतना सामग्री हस्तान्तरण

logo
प्रकाशित २०७६ चैत १९ बुधबार
nebisangh-corona-help.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघले अहोरात्र खटिइरहने नेपाल प्रहरीको टिमलाई स्वास्थ्य सचेतना सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । 

संघले काठमाडौंको कपन प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीहरुको निम्ति स्वास्थ्य सचेतना सम्बन्धी सामग्री हस्तान्तरण गरेको हो । 

यसअघि नै महानगरी प्रहरी बृत्त सिंहदरबार (अनामनगर) तथा कमलपोखरी (माली गाउँ) वृत्तलाई हस्तान्तरण गरिसकेको छ । 

नेविसंघको कोभिड –१९ विरुद्धको अभियान अन्तर्गत संचारकर्मीलाई पनि सहयोग गरेको छ । मंगलबार एपी वान टेलिभिजनमा कार्यरत संचारकर्मीहरुको उपयोगको निम्ति समाचार युनिट प्रमुख टिकाराम यात्रीलाई मास्क, स्यानिटाइजर, ग्लोब्स लगायतका अत्यावश्यकीय सामग्रीहरु संघका महामन्त्री युवराज पाण्डे र बलदेव तिमल्सिनाले हस्तान्तरण गरे ।

एपी वान स्टुडियो बुद्धनगरमा आयोजित सामग्री हस्तान्तरणको क्रममा नेपाली काँग्रेसका नेताहरु श्याम डोटेल, राम प्रसाद लुइँटेल, श्याम तिम्सिना, नेबिसंघका नेताहरु दीपक ओझा, सोमराज मल्ल, रुपेश शाह लगाएतको उपस्थिति रहेको थियो ।

हामी त घरमा छौ, सुरक्षित छौ तर स्वास्थ्य,सुरक्षा,सुचना र सन्चारको क्षेत्रमा अहोरात्र काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, मीडियाकर्मी तथा उनीहरुको परिवारको मनोबैज्ञानिक तनावलाई आकंलन गरौं भन्दै नेबिसंघले कि सबैलाइ सुरक्षित राख्न अभियान थालेको नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

सदैब अरुको  सुचना र जानकारीका निम्ति तल्लीन रहनेहरु नै कोरोनाबाट असुरक्षित रहेको महसुस गरि संघले यो अभियान जारी राख्ने महामन्त्री युवराज पाण्डेले बताए ।

बितरित सामग्री संकलन तथा संयोजन नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझाको नेतृत्वमा सम्पन्न भएको हो । नेबिसंघको यो अभियानमा संकटको समय भएपनि सबैको उत्साहपूर्ण र उल्लेख्य सहयोगबाट समाजमा असल कार्यका निम्ति थप हौसला मिलेको नेता दिपक ओझाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ