arrow

हात्ती मृत भेटियो

logo
प्रकाशित २०७६ चैत १९ बुधबार
elephant1.jpg


बर्दिया । बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा बुधबार बिहान एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।

 नेपाल–भारत सीमा क्षेत्रमा जंगली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए।

हात्तीको मृत्यु कसरी भएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब परीक्षक घलेले जानकारी दिए ।

 सीमावर्ती भारत उत्तर प्रदेश राज्यको बहराइचस्थित कतरनियाघाट वन्यजन्तु आरक्ष बर्दियासँग जोडिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ