arrow

कोरोनाको आशंकामा १६ वर्षिय किशोर आइसोलेशनमा

कोरोनावाट बच्न  जिल्ला स्तरमा ब्यबस्थापन तीब्र 

logo
दयाराम पण्डित,
प्रकाशित २०७६ चैत १९ बुधबार
isolation-room.jpg

बाजुरा ।कोरोनाको आशंकामा  जिल्ला अस्पताल बाजुराले मंगलवार देखि एक जनालाई आईसोलेसन कक्षमा भर्ना गरेको छ ।  कोरोना भाइरस (कोभिड १९) को सामान्य लक्षण देखिएपछि १६ वर्षे एकजना किशोरलाई  जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको हो । ज्वरो १सय  डिग्री भन्दा माथि  तापक्रम र सुख्खा खोकी पनि देखिएकोले आइसोलेसनमा भर्ना गरेको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुणामणी पन्तले जानकारी दिए।  कोरोनाको शंकास्पद भनिएका किशोरको अबस्था सामान्य रहेको छ । 

 उनको  नमुना संकलन गर्ने तयारी भैरहेको छ । स्वाप परिक्षणका लागि आजै प्रादेशिक प्रयोगशाला धनगढी पठाइने सुचना अधिकारी पन्तले जानकारी दिएका छन् । कुनै प्रकारको अन्य संक्रमण पनि हुनस सक्छ त्यसैले  यो नै हो भनेर सक्ने अवस्था छैन । परिक्षणपछि मात्र जानकारी हुने स्वास्थ्य चिकित्सकले बताए ।

 आइसोलेशनमा रहेका किशोर एक हप्ता अघि भारतवाट आएका थिए । उनलाई गौमुल गाउँपालिकाको घटमुना स्थित क्वारेनटाइममा राखिएका थिए । अत्यधिक ज्वरो आएपछि क्वारेन्टाइमबाट सिधै जिल्ला अस्पताल बाजुरामा पठाएको गौमुल गाउँपालिकाका अध्यक्ष हरीवहादुर रोकायाले बताए । आइसोलेनमा भर्ना गरिएका किशोरको नाम अस्पतालले गोप्य राखेको छ ।
 
यसैवीच विश्वमा महामारीका रुपमा फैलिएको कोरोना संक्रमण वाट बच्न जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्न पन्तका अनुसार ः बाजुराका १८ स्थानमा हेल्पडेस्क निर्माण गरिएका छन्  । १० स्थानमा क्वारेन टाइन स्थापना गरिएको छ । जिल्ला समन्वय समितीको समीक्षालयमा १०,जिल्ला अस्पतालमा दुई, कोल्टी स्वास्थ्य केन्द्रमा दुई गरी जम्मा १४ बेडका आइसोलेसन कक्ष निर्माण गरिएका छन् ।हाल सम्म ५९१३ जनाको सामान्य स्वास्थ्य परिक्षण गरेको छ भने जसमा ४८७ जना भारतबाट आएका हुन्  । 

स्वास्थय प्रमुख पन्तले भने “ हाल सम्म ५९ जना क्वारेनटाइममा छन् । जिल्लाभरी इन्फ्ररी थर्मा मिटर ६ वटा छन् । पि पि ई सेट ५ वटा मात्र छन्  कम्तीमा २८ वटा थर्ममिटर र १०० थान पिपिइ सेटको  ( प्रसनल प्रोटेकट इक्युपम्यान्ट ) तत्काल आवस्यकता छ ।  । एक पिस थर्म मिटर र ४ हजार थान माक्स १५सय थान ग्लोभ्स र ६० वटा गाउन प्राप्त भएकाछन् । ” आजै जिल्ला विपद ब्यबस्थापन समितीको बैठकमा समीक्षा गरी सामाग्री वितरण गरिने स्वास्थय प्रमुख पन्तले जानकारी गराउनुभएको छ। 

 आवस्यक उपकरण सामग्री ब्यबस्थापन नहुंदा केही दिन अघि बडीमालिका नगरपालिकाले बजारवाट कम्मल म्याट लगायतका सामग्री जोहोगरेको । मालिमा माद्य्यामिक विद्ययालय भवनमा क्वारेनटाइममा राखिएकाहरुका लागी फ्रिवाइफाइको ब्यबस्थापन लगायत आबस्यक खेलकुदको बबयस्थापन गरेको बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताए। 

 त्यसैगरी पिपिए सेट  नहुंदा गौमुल गाउँपालिकाले स्थानीय श्रोतसाधानको प्रयोग गरी हेलमेट, माक्स र गावन आफैले बनाएर वितरण गरेको गौमुल गाउँपालिकका अध्यक्ष हरिवहादुर रोकायाले बताए । 

  लकडाउनको आठौ दिन  बाजुराका बजार क्षेत्र सुनसान देखिन्छन् भने प्रहरीले लकडाउनको नियम उलंघन गर्ने केहीलाई नियन्त्रणमा लिएको छ । लकडाउन उलंघन नगर्न  र कोरोनावाट बच्न जनचेतनामुलक सन्देस सहित  माईकिङ्ग गर्दैआएको जिल्ला प्रहरीकार्यालय बाजुराका प्रमुख डिएस्पी टंकप्रसाद भट्टराईले जानकारी दिए । 

जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुले एक साता देखि बहिरंग सेवा बन्द गरी आकस्मीक कक्ष मात्र खुला गरेकाछन् । यसको मार अन्य विरामीले खेप्नुपरेकोछ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ