arrow

लकडाउनको दशौं दिनः उल्लंघनको पारो उपत्यकामै बढ्दै 

पास लिँदै बाहिरिनेको संख्या उल्लेख्य, नियम कि उल्लंघन ?

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
lockdown-ktm.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले लकडाउन लगाएको बिहीबार १० औं दिन हो । सरकारले सुरक्षित रहेर घरमै बस्नका आग्रह गर्दै लकडाउन गरेको हो । 

तर लकडाउन लगाए पनि यसलाई तोड्ने क्रम भने तीव्र रहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब निरीक्षक गान्धीराज श्रेष्ठले बिहीबार मात्र पनि उच्च भएको बताए । 

बिहान ६ः३० सम्म २८३ जनालाई काठमाडौंबाट नियन्त्रणमा लिएर होल्डमा राखिएको उनले बताए । 

तीन घण्टा होल्डमा राखेर छोड्ने गरिएको छ । उल्लंघन गर्नेहरुलाई घरमै रहन आग्रह गरिएको छ । कोभिड–१९ लाई कसैले पनि हँसिमजाकको रुपमा नलिन आग्रह समेत प्रहरीले गरेको छ । 

राति १२ बजे विद्युत सर्ट भएर आगलागी भएको छ नयाँबजारमा । तीनै सुरक्षा निकाय, ४ वटा दमकल र स्थानीयको सहयोगमा आगो दुई घण्टापछि नियन्त्रणमा आएको छ । 

ट्राफिक प्रहरी निरीक्षक सुदर्शन थापाका अनुसार बिहीबार बिहान सडकमा सामान्य अवस्था रहेको छ । बुधबार ४ वटा सवारी दुर्घटना भएका थिए । 

विभिन्न चेकप्वाइन्टमा चेकिङ भएको छ । ३८ सवारी साधनलाई कार्वाहीका लागि नियन्त्रणमा लिइएको छ । तीमध्ये ४ वटा चार पाङ्ग्रे र बाँकी दुई पाङ्ग्रे हुन् । 

अत्यावश्यक बाहेकका सवारीलाई कार्वाहीको दायरामा लिइएको हो । 

बुधबार पनि ३३३ सवारी साधनलाई काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिइएको थियो । 

अत्यावश्यक काममा हिँडेकालाई भने सोधपुछपछि प्रहरीले छोड्ने गरेको छ । तर रमाइलोका लागि र मर्निङ वाक–इभिनित्र वाकका नाममा हिँड्नेलाई भने नियन्त्रणमा लिएर राख्ने गरेको छ । 

पास लिएर समेत पनि मानिसहरु धमाधम काठमाडौंबाट बाहिरिने र भित्रिनेहरु छन् । 

बुधबार ६९९ वटा सवारीमा २२१० जना काठमाडौं उपत्यकामा भित्रिएका थिए । ९१५ सवारीमा ४९७३ जना काठमाडौं छोडेर बाहिर गएका छन् । 

प्रहरीले विभिन्न कारखानामा काम गरेकाहरुको उद्धार गरिएको जनाए पनि एकै गाडीमा खचाखच भरेर पठाउन हुने कि नहुने ? यस प्रश्नको भने जिल्ला प्रशासन कार्यालयले पनि दिन सकेको छैन । 

उद्धारका नाममा नियमलाई बेनियम बनाएर काम भइरहेको छ । कोरोनाको संक्रमण नफैलियोस् भनी लकडाउन गरिए पनि त्यसलाई सरकारी तहबाटै तोडिएको देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ