arrow

प्रि–मनसुनले मौसममा भर नहुने, कहाँ कस्तो सम्भावना ?

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
weather11.jpg

काठमाडौं । अहिले नेपालमा प्रिमनसुन चलिरहेको छ । यो समयमा मौसमको भर नहुने वरिष्ठ मौसमविद् राजु प्रधानांग बताउँछन् । 

उनले क्षणमै वर्ष हुन सक्ने र त्यो मेघगर्जन, चट्याङ र हावाहुरी सहित आउन सक्ने बताए । अहिले मौसम देशभरि नै सफा रहेको छ । 

उनले भने, ‘अहिले प्रिमनसुन सक्रिय रहेको छ । अपरान्ह र साँझपख मेघगर्जन, चट्याङ र वर्षा हुने गर्दछ ।’ 

यतिबेला काठमाडौं उपत्यकाको तापक्रम ११ डिग्री सेल्सियस रहेको छ भने न्यूनतम ९.८ डिग्री सेल्सियस रहेको थियो । अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको प्रभाव रहेको देखिन्छ ।

दिउँसो देशका पहाडी भूभागमा  आंशिक बदली रही अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ, हावाहुरी तथा असिनासहित वर्षाको सम्भावना रहेको छ । 

राति पनि पहाडी  भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले देशको पहाडी भूभागका अपरान्ह तथा साँझतिर थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ तथा असिनासहित  वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ । 

यस्तो छ शुक्रबार र शनिबारको पूर्वानुमान 

चैत्र २१ गते (शुक्रबार)

दिउँसोः देशका पहाडी भूभागमा  आँशिक बदली रही एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ तथा असिनासहित वर्षाको सम्भावना रहेको छ । तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

रातिः  देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ । 

चैत्र २२ गते (शनिबार)

दिउँसोः देशका पहाडी भूभागमा  अपरान्हतिर आंशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ तथा असिनासहित वर्षाको सम्भावना तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । 

रातिः देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ