arrow

यस्तो छ अहिलेसम्म नेपालमा कोरोनाको परीक्षण र संक्रमण 

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर तीव्र गतिमा फैलिए पनि नेपालमा भने तुलनात्मक रुपमा कम नै रहेको छ । 

सरकारले संक्रमण नफैलियोस् भनी लकडाउन गरेको पनि बिहीबार (चैत २० गते) १० दिन भइसकेको छ । तर आवतजावत भने रोकिएको छैन । 

अहिले जारी लकडाउनभन्दा १५ दिन अगाडि नै विदेशबाट आउनेक्रममा कडाइ गर्न सकेको भए सशंकित भएर बस्नु नपर्ने तर्क पनि आइरहेका छन् । 

त्यतिमात्र होइन विदेशबाट आएका सबैलाई ट्रेस गर्न नसक्दा थप आशंका यद्यपि छ । 

त्योभन्दा जटिल समस्या हो परीक्षणको । उल्लेख्य मात्रामा परीक्षण हुन नसक्दा पनि संक्रमितको संख्या यकिन हुन नसकेको बताइन्छ । 

कति छन् संक्रमित ? 
अहिलेसम्म पाँच जनामा मात्र संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये एक जनालाई निको भएको छ भने चार जना आइसोलेसनमा रहेका छन् । 

कोरोनाको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ११ सय ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा ११ सय ४० जनाको परीक्षण नेगेटिभ आएको छ । 

दुईजना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन् । एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र एक जनाको बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

पहिलो संक्रमितको रिपोर्ट माघ १० गते आएको थियो । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर ९९ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् ।  ।

सबै प्रदेशमा कोरोना परीक्षण थालिएको जनाइएको छ । 

आफूलाई कुनै शंका लागेमा मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ सम्पर्क गर्न सकिने पनि मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ