arrow

कालीमाटी तरकारी बजारको भीड देखेर आत्तिए नविन्द्रराज जोशी, सचेत हुन दिए चार टिप्स 

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
nabindra-raj-joshi-mp-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नविन्द्रराज जोशीले कालीमाटी तरकारी बजारमा देखिएको भीडले आत्तिनुपर्ने स्थिति सिर्जना भएको बताएका छन् । 

उनले कालीमाटी बजारमा एकै पटकमा १००–२०० को संख्यामा तछाडमछाड देखिएको भन्दै यसबाट स्थानीयहरु बढी आक्रोशित र आतंकित हुनु स्वभाविक भएको बताए । 

उनले कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेका बेलामा भएको यस्तो भीडले राम्रो संकेत नगरेको भन्दै चार वटा सुझाव दिएका छन् । 

उनले बिहीबार बिहानैबाट कार्यान्वयनका निम्ति सबैमा आग्रह सहित सरकार समक्ष माग गरेका छन् । 

ती यस्ता छन्–
१, तरकारी बजारलाई दुई भागमा विभाजित गरेर एक पटकमा २५ जना पठाउने दूरी कायम गर्ने ।

२, तरकारी विक्रेताहरुले पञ्जा र माक्स अनिवार्य रुपमा लगाउने र स्यानिटाइज गर्ने ।

३, तरकारी किन्न जानेहरुले पनि पञ्जा, माक्स र स्यानिटाइज गर्ने ।

४, तरकारी बजार व्यवस्थापन समितिले ट्याङ्कीमा पानी, साबुन र स्यानिटाइजको व्यवस्था गर्ने र समदूरीका निम्ति रेखा कोर्ने ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ