arrow

स्वास्थ्य जाँच नगरी गाँउ पस्नेलाई जरिवाना

logo
जनकबहादुर शाही,
प्रकाशित २०७६ चैत २० बिहिबार
khagalganu.jpg

हुम्ला । हुम्ला जिल्लाको नाम्खा गाँउपालिका ३ खगालगाँउमा स्वास्थ्य जाँच नगरी गाँउलेले बनाएको नियम मिचेर गाँउ पस्नेलाई जरिवाना गरिने भएको छ ।

 बिश्वभर फैलिएको कोरोना भाईरस संक्रमण विरुद्ध सचेत भइ सजगता अपाउन र कोही संक्रमित ब्यक्ति  गाँउमा नआओ भनेर  नाम्खा ३ नं. वडा कार्यालयले गाँउँबासीलाई कोरोनाको संक्रमणबाट जोगाँउन यो नियम बनाएको वडा अध्यक्ष छेपाल लामाले बताए ।

नाम्खा वडा नम्बर ३ खगालगाँउँमा बुधबार देखि कुनै पनि नयाँ व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।  वडा कार्यायमा सबै गाँउलेको रोहोबरमा गाँउमा नयाँ मानिसलाई पस्न नदिने र गाँउको मान्छे पनि अति आबश्यक काम बिशेषले बाहेक कोही पनि काही जान नपाईने नियम बनाएकाले यो नियमलाई ब्यवास्था गरी गाँउँ प्रवेश गरे २५ हजार रुपैयाँ जरिवाना सहित  १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरेको छ । अहिलेको बिश्वलाई त्रासि गरिरहेको कोरोनाबाट बच्न वडा कार्यालयले यस्तो निर्णय गरेको वडा अध्यक्ष लामाले बताए ।

वडा भित्रको क्षेत्र तालुङ्मामा क्वारेन्टाइनको व्यवस्था गरिएकोले अब गाँउँ बाहिरबाट आउने जुनसुकै व्यक्तिले उतै बस्नु पर्ने र बस्न नमान्नेले २५ हजार जरिमाना तिर्नु पर्ने छ । भने गाँउ भित्र नया मनन्छेलाई पस्न नदिन कोरोना भाइरसबाट सचेत र सतर्क रहन गामा प्रबेश गर्ने बाटाहरुमा चारै तिर गाँउँले मिलेर पहरा बस्न सुरु गरेका छन । 

अहिले सरकारले लकडाउन गरेका बेला हुम्ला जिल्लाका प्राय गाँउमा नया मानिसलाई प्रबेशमा रोक लगाईएको छ । तर प्रदेश सरकार बिना चेकजाँच हुलकाहुल मान्छे जिल्ला भित्रियाई रहेका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ