arrow

परराष्ट्र मन्त्री ज्ञवालीले भने, 'हामीले ढाँटेको छैन, तबलिगी सभामा सहभागी ३३ नेपाली दिल्लीको क्वारेन्टाइनमै'

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
pradeep-gyawali1.jpg

काठमाडौ। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतको नयाँदिल्लीस्थित निजामुद्दिनको मुस्लिम धर्मसभामा सहभागी भएका सबै र सोहि स्थानको मदरसामा अध्ययन गर्ने १३ जना गरि ३३ जना सबैलाई भारतमै क्वारेन्टाइनमा राखेको बताएका छन्।

हाम्राकुरासँग कुरा गर्दै मन्त्री ज्ञवालीले सभामा सहभागी २० जना सबै दिल्लीमै रहेको बताएका हुन्। सो सभामा शुरुमा १९ जना रहेको बताइए पनि पछि २० जना फेला परेको र अन्य मदरसामा रहेका १३ विद्यार्थी गरि जम्मा ३३ जना रहेको प्रष्ट पारे। भारत सरकारले त्यहाँ रहेका सबैलाई क्वारेन्टाइनमा लिदा नेपालीहरुको संख्या पनि भारत सरकारले उपलव्ध गराएको उनले बताए। भारत सरकारले उपलव्ध गराएको लिष्ट आफूहरुसँग रहेको प्रष्ट पार्दै उनले भने, 'यसमा हामीले झूठो भनेका छैनौ।'

सोहि सभामा गएकामध्ये ६ जना नेपालमै फेला परेका बारेमा ज्ञवालीले उनीहरु पहिल्यै नेपाल आएको हुनसक्ने स्पष्टीकरण दिए। उनले भने, ‘लामो समयसम्म चलेको कार्यक्रम भएका कारण नेपालबाट पनि आउने जाने चलेको रहेछ। सप्तरीमा पक्राउ परेकाहरु भारतमा लकडाउन हुनु अघी नै नेपाल आएकाहरु हुन। विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबसेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो।‘ 

नयाँ दिल्लीको धार्मिक सभाबाट फर्किएका ६ जना सप्तरीमा फेला परेको समाचार हाम्राकुरामा प्रकाशित भएपछि त्यसबारे प्रतिक्रिया दिदै मन्त्री ज्ञवालीले परिस्थितिको गाम्भिर्यतालाई मध्यनजर गरि समाचार प्रकासन गर्न सबै संचारमाध्यमहरुलाई आग्रह समेत गरे। 

उता राजविराज नगरपालिका–४ स्थित मिनि मार्केटअगाडि घर भएका ६ जनालाई घरबाट नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त सभामा सप्तरीबाट मात्रै १९ जना सहभागी भएको आशंका गरिएको छ। प्रहरीले शंकास्पद अन्यको पनि खोजी तीव्र बनाएको जनाएको छ ।

गत फागुन ३ देखि ५ गतेसम्म सप्तरीको बोदे बर्साइनमा आयोजना गरिएको मुस्लिम धार्मिकसभामा सहभागी भएकाहरु अधिकांश दिल्लीको तबलिगी सभामा सामेल हुन गएको जनाइएको छ । उक्त भेलामा सहभागी भएकामध्ये भारतमा केहिको ज्यान गइसकेको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ