arrow

लकडाउनमा कुकुरलाई मासुभात

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
masu-bhat.jpg

तुलसीपुर । लकडाउनमा मानिस मात्र परेका छैनन् । पशुचौपाय समेत प्रभाबित भएका छन् । चैत ११ गतेदेखि २५ गतेसम्मको लकडाउनका कारण मानिसहरु एकान्तबासमा बसेका छन् । 

होटल रेष्टुरेन्ट,चिया नास्ता र अन्य पसल बन्द भएका छन् । खाना नास्ता पसल लामो सम्मदेखि पूर्णरुपमा बन्द भएपछि सबैभन्दा बढी शहर बजारका सयौं कुकुर भोकभोकै छन् । मासुपसल पनि बन्द छन् । कुकुरले रागाँ, खसी, भेडा,कुखुरा बिक्रि गर्ने पसल आसपासमा बसेर आफ्नो खुराक पुरा गर्दथ्ये । तर चैत ११ गतेदेखि भने खान नपाएर मर्ने अबस्थामा तुलसीपुरका स्थानीय युवाहरुले कुकुरालाई मासुभात  खुवाउन शुरु गरेका छन् । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष बिरेन्द्रकुमार शाह,वडा सदस्य एबम अधिकारकर्मी सुरेशकुमार श्रेष्ठ लगायतले दैनिक एक सय बढी कुकुरलाई भात र मासु खुवाउन शुरु गरेका छन् । 

एक सय कुकुरलाई दैनिक २५ किलो चामल र ५ के.जी. मासु खुवाउन शुरु गरेका हुन्। मर्न थालेका कुकुरहरु अव भने बाँच्ने छन् । सयौं कुकुर भोक भोकै मर्नुपनि वातावरण प्रतिकुल हुने उनीहरुको भनाई छ । लकडाउन लागु हुदासम्म कुकुरलाई खाना खुवाई काम भई रहने श्रेष्ठले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ