arrow

प्रधानमन्त्रीको सचिवालयले कलम बिरुद्ध जंगली आक्रमण गरेको राप्रपाको आरोप

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
rpp-samanntar.png.png

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता किरण गिरीले काठमाडौं प्रेस डटकममा प्रकाशित समाचार अनाधिकृत रुपमा अनलाइन सिस्टम भित्रै छिरेर हटाउने कार्यलाई घोर निन्दनीय र खेदजनक भएको बताएका छन्। 

'शासकहरुलाई स्वतन्त्र प्रेस मन पर्दैन, आलोचना मन पर्दैन। ऊनीहरु स्तुतिगान र प्रशंसा मात्र चाहन्छ्न। त्यसैको ज्वलन्त उदाहरण हो काठमाडौं प्रेस डटकममा प्रकाशित समाचार अनाधिक्रीतरुपमा अनलाइन सिस्टम भित्रै छिरेर हटाउने कार्य।' पत्रकार समेत रहेका गिरीले भने 'यस घटनाप्रती राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ।' 

समाचारप्रती असमत रहेका नाममा प्रधानमन्त्रीको सचिबालय कर्मचारीको संलग्नता बारेको समाचारले हामी स्तब्ध भएको गिरीले जारी विज्ञप्तीमा उल्लेख छ। 

पत्रकारिता र स्वतन्त्र प्रेसको मर्यादा बिपरित काठमाडौं प्रेस डटकम माथी गरिएको यो आक्रमण कलम विरुद्ध जंगली र बर्बरतापूर्ण आक्रमण रहेको ठहर गर्दै गिरीले भ्रत्सना र निन्दा गरेका छन्। 

गिरीले घटनाको सत्य, तत्थ छानवीन गरि दोषीलाई कानुनी कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ