arrow

नेपालमा दुई वायूको प्रभाव, यस्तो छ मौसमी सम्भावना

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
weather11.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायू र स्थानिय वायूको आंशिक प्रभाव रहेको छ।

हाल देशको पश्चिमी क्षेत्रका केही भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस रहेको छ । अधिकतम तापक्रम भने २७ देखि २९ डिग्री सेल्सियस रहने देखिन्छ ।

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार उपत्यकाको भिजिबिलिटी ६ किलोमिटर रहेको छ । 
 
दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

त्यस्तै राति देशभर सामान्यतया मौसम सफा रहने देखिएको महाशााखाले जनाएको छ । 

महाशाखाले पहाडी भूभागमा अपरान्ह तथा साँझतिर एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ तथा असिनासहित  वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ । 

यस्तो छ शनिबार र आइतबारको पूर्वानुमान
चैत्र  २२ गते (शनिबार)

दिउँसोः देशका पहाडी भूभागमा  अपरान्हतिर आशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ तथा असिना सहित वर्षाको सम्भावना तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।  

राति देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ । 

चैत्र  २३ गते (आईतबार)

दिउँसोः देशका पश्चिमि भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली भई थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा असिना सहित वर्षाको सम्भावना तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

राति देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ