arrow

वीर अस्पतालको लागि मेडिकल सामान खरिदमा भष्ट्राचार, कर्मचारीले दिए अख्तियारमा उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०७६ चैत २१ शुक्रबार
NAMS-bir-hospital.jpg

काठमाडौं। कोरोना भाइरससँग लड्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बिभागबाट मेडिकल सामाग्री खरिदमा ब्यापक अनियमिता भएको खवर बाहिरिएसँगै सरकारले गत बुधवार नै सो प्रकृया रद्ध गरिदिएको छ।

वीर अस्पतालमा पनि सोही प्रकृतिको अनियमितता भएको भन्दै वीर अस्पतालका कर्मचारीहरुले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालयमा इमेल मार्फत उजुरी दिएका छन्।

लामो समयदेखि खरिद इकाई प्रमुख रहेकी नर्स भगवती थपलिया, अहेव अरूण महतो, डिल्ली आचार्य मेडिकल स्टोरका केही कर्मचारी र कम्प्यूटर अपरेटर विष्णु घिमिरेको मिलेमतोमा अस्पताललाई आवश्यक पर्ने औषधी तथा उपकरणहरु माक्स, सेनिटाइजर, गाउन, पन्जा, सर्जिकल ग्लोप्स, पिपिई सेट ईन्फारेट थर्मोमीटर, आइसोलेसन वेर्ड तयार गर्न आबश्यक सामान, औषधी र स्प्रे गर्ने मेसिन आफुनिकटका फर्मसँग अधिक मुल्यमा किनेर लकडाउनको मौकाछोपी २ करोड भन्दा बढीको भष्ट्राचार गरेकोले छानविनको दायरामा ल्याउन उजुरीमा लेखिएको छ। साथै खरिद गरिएका सामान समेत खटिरहेका डाक्टर, नर्स तथा कर्मचारीहरुलाई उपलब्ध नगराइको समेत जनाइएको छ।

उजुरीकर्ता मध्येका एक कर्मचारीले हाम्राकुरासँग भने, “कोही बोल्न सक्दैनन् पिपिई सेट त अहेव महतो र नर्स भगवतीले मिलेर कपडा किन्दै आफुनिकटलाई सिलाउन दिएर गुणस्तरहिन सामानलाई उच्चमुल्य तिरेर ल्याइरहेका छन्। साथै आवश्यक सामानहरु समेत कर्मचारीहरूलाई नदिइ काममा खटाइरहेका छन्। हरेक खरिदमा बिल मात्र बडाएर खान पल्केका छन्।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ