arrow

भोकै मर्नु परेपनि आफ्नै माटोमा मर्छौ भन्ने नागरिकप्रति दया देखाउन तरुणदलको माग

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
nagarik.jpg

काठमाडौं । सरकारले आफ्ना नागरिकप्रति देखाएको व्यवहारले शरणार्थी भन्दा पनि ठूलो पीडा भोग्नु परेको भन्दै नेपाल तरुणदल बैतडीले ध्यानाकर्षण जनाएको छ ।  शुक्रबार नेपाल तरुण दल, बैतडीले एक विज्ञप्ति जारी गरि सिमानामा रोइकराइरहेका सान–साना दुधे बालक समेतका आम नागरिकलाई नेपालमा ल्याई क्वारेन्टाइनमा राखी उनीहरुको गास,बास, कपास र स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन नेपाल सरकार समक्ष माग गरेको छ । 

विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को सन्त्रासले नेपालमा पनि लकडाउन भएको छ ।  अहिलेसम्म ६ जनामा संक्रमण भएको जानकारी सञ्चारमाध्यमले दिएको छ । लकडाउन भएपश्चात् दाल–चामल–नुनु–तेलको लागि भारतमा मजदुरी गर्ने नेपाली दाजुभाई दिदीबहिनीहरु यतिबेला घरफर्कन चाहन्थे । सुदूरपश्चिमका विभिन्न सिमानाकाहरु बैतडीको झुलाघाट, दार्चुला जिल्लाको धार्चुलामा  स–साना दुधे बालक सहितका नेपाली मजदुर सिमानामानै छन् ।  

नेपाल प्रवेश गर्न पाऊ भनि गालाका नाशा  तैरिने गरी सुरक्षालाई गुहारिरहेका छन् । तर, सुरक्षाकर्मीहरु भावुक हुँदै सरकारको आदेश छैन भनिरहेका छन् । हामी पनि यहि देशका नागरिक हौं, तर नेपाल सरकारले हामीलाई नेपाली ठानेन, हामी भोकै मर्नु परेपनि  आफ्नै माटोमा मर्छौ, बरु वन जंगल र खुल्ला आकाश नै किन नहोस् हामीलाई नेपाल प्रवेश गर्न दिइयोस् । ”सरकारले हामीलाई दुःख दिनुभन्दा गोली ठोके हुन्छ“ भावुक भएर नेपाली मजदुरहरु सिमानामा अल्लाइरहदा हामीलाई  पनि पीडा भइरहेको छ ।  

तरुणदल बैतडीका उपाध्यक्ष एवम्  प्रवक्ता महेश  भट्ट सरकारले आफ्ना  नागरिकप्रति देखाएको व्यवहारले शरणार्थी भन्दा पनि ठूलो पीडा भोग्नु परेको यस सम्बेदनसील घडीमा तरुणदल बैतडीको ध्यानाकर्षण भएको बताएका छन् ।  'सरकार,  न खाना ! न बस्ने  ठाँउ !  आँखै  अगाडि देशको माटो छ तर प्रवेश गर्न विशाल सरकारी पर्खाल छ । एक पटक आफैलाई त्यो ठाउँमा राखेर सोचौ कस्तो महसुस हुन्छ ? '

 उपाध्यक्ष भट्टद्वारा जारी विज्ञप्तिमा  भनिएको छ ,' सबैको होसियारी, धैर्य अनि प्रयासबाट कोरोनासंग हामीले जित्न जरुरी छ ।  यो विषम घडीमा सरकारसामु  देशका तमाम नागरिकलाई रोगबाट बचाउनु त छँदैछ, भोकबाट पनि बचाउनुपर्ने दायित्व छ साथै नाकामा अलपत्र परेका नेपालीको उद्धार उत्तिकै टड्कारो छ । तसर्थ  सिमानामा रोइकराइरहेका सान–साना दुधे बालक समेतका आम नागरिकलाई नेपालमा ल्याई क्वारेन्टाइनमा राखी उनीहरुको गास,बास, कपास र स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन हुन नेपाल तरुणदल बैतडी नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ