arrow

महामारीको बेलामा राजनीति नगर्न नेकपालाई सचेत गराए बरालले

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
baral1.jpg

काठमाडौं। नेपाली कांग्रेस सिन्धुलीले नेपाल कम्युनिष्ट पार्टीले विपतको बेलामा पनि राजनीति गरेको आरोप लगाएको छ । 

कोरोनाको महामारीमा कांग्रेसले जनताको सुरक्षाका लागि जिममेवार भुमिका निर्वाह गरिरहेको स्मरण गराउँदै सभापति उज्वल बरालले  निकृष्ट राजनीतिक चरित्र नदेखाउन नेकपाका नेता कार्यकर्तालाई सचेत गराएका छन् । 

कांग्रेस जिल्ला कोषाध्यक्ष एवं दुधौली नगरपालिका वडा नं १ का अध्यक्ष गोविन्दप्रसाद पहाडीमाथि झुठा लान्छना लगाएको घटनाप्रति बरालले आपत्ती जनाउँदै विज्ञप्ती समेत निकालेका छन् । 

सभापति बरालले मेयर घनश्याम राउतले वडामा पठाउनुर्ने मास्क पार्टीको नामबाट कार्यकर्तालाई बाँडने निकृष्ट काम गरेको र उल्टै वडाअध्यक्षलाई बदनाम गर्ने प्रयास गरेको प्रष्ट पारेका छन् । 

सिन्धुली कांग्रेसका तर्फबाट बरालले कोरोनाबाट जोगिन घरमै बस्न पनि अपिल गर्दै विपतको बेलामा संकिर्णता छाडेर कोरोनाविरुद्ध सामुहिक रुपमा लडन पनि आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ