arrow

आगलागीबाट कपिलवस्तुमा ३९ घरगोठ जलेर खरानी, करोडौंको क्षति

logo
मणि प्रसाद गैह्रे ,
प्रकाशित २०७६ चैत २१ शुक्रबार
fire7.jpg

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउंपालिका वडा नं १ गुगौली गाउंमा  भिषण आगलागी हुँदा ३९ घरगोठ जलेर खरानी भएको छ । शुक्रवार करिब अपराहन्न ४ बजेतिर आगलागी भएको हो । स्थानीय काशीराम यादवको घरबाट आगो लागेको प्रहरीले जनाएको छ । 

यादवको घरमा खाजा बनाउन लाग्दा चुलोवाट हावा चलेपछि फुसको घरबाट आगोलागी फैलिएको जनाइएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । क्षतीको विवरण संकलन गरी आवश्यक सहयोग र सहयोगी निकायमा समन्वय गर्ने वडा नं १ का अध्यक्ष इन्दर थारुले बताए । 

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए ।  आगोलागी भएपछि तौलिहवा बाट आगो निभाउन गएको दमकल पुग्दा गाउं नै सखाप परेको थियो । 

क्षतिको थप विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ  ।  कपिलवस्तुमा जाडो सकिन साथ वर्षेनी हावाहुरीको समयमा आगोलागीका घटना हुने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ