स्वास्थ्य सामग्री खरीदको भ्रष्टाचारमा प्रधानमन्त्रीमाथि पनि छानविन गर्न भण्डारीको माग
प्रकाशित २०७६ चैत २१ शुक्रबार
430
Shares
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले चीनबाट स्वास्थ्य सामग्री खरीदमा भएको भन्दै भ्रष्टाचारमा संलग्नलाई कार्वाही हुनुपर्ने माग गरेका छन्।
स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार भएको विषय सार्वजनिक भएको भन्दै भण्डारीले सामाजिक सञ्जाल मार्फत कार्वाहीको माग गरेका हुन्। तरुण विभाग प्रमुख भण्डारीले भ्रष्टाचारमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालको समेत नाम जोडिएको हुँदा उनीहरु माथि समेत छानविन गर्नुपर्ने माग गरेका छन् ।
सामान खरीद प्रकरणको विषयमा भएको भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत मौन बस्नु अत्यन्त लज्जाजनक भएको भन्दै अख्तियार माथि समेत भण्डारीले आशंका व्यक्त गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका भण्डारीले कोरोना संक्रमणको घडीमा देश र जनताप्रति धोका दिनेहरुलाई जनताले खबरदारी गर्नुपर्ने बेला आएको समेत बताएका छन् ।