arrow

कोरोनाको संक्रमण रोक्न नेविसंघ महामन्त्री तिमल्सिनाको नेतृत्वमा सुरक्षाकर्मी र संचारकर्मीलाई स्वास्थ्य सामग्री 

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
nebisangh-baldev-corona.jpg

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको चिन्ता छाइरहेको छ । यो रोगको अहिलेसम्म औषधि बनिसकेको छैन । न त बनेको छ कुनै भ्याक्सिन । 

नयाँ रोग भएकाले नोभल कोरोना भाइरस (कोभिड–१९) महामारीबाट बच्ने उपायतर्फ लाग्नु नै उत्तम विकल्प बनेको छ । 

पेशागत मर्यादा पालना गर्दा यो रोग फैलने सम्भावना चिकित्सक, सुरक्षाकर्मी र संचारकर्मीमा बढी नै देखिएको छ । 

यही कुरालाई ध्यानमा राख्दै नेपाल विद्यार्थी संघ नेविसंघले स्वास्थ्य किट्सहरु सहयोगका लागि दिँदै आएको छ । 

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा नेविसंघ केन्द्रीय समितिको अभियान अन्तर्गत सुरक्षाकर्मी, संचारकर्मी, सार्वजनिक सवारीसाधनका स्टाफहरु लगायत मजदूर अनि विभिन्न स्थानमा भेटिने नागरिकलाई मास्क, ग्लोभ्स र सेनिटाइजर उपलब्ध गराउँदै आएका छन् । 

महामन्त्री तिमल्सिनाका अनुसार सिंहदरबार, कमलपोखरी र कपन चौकीका सुरक्षाकर्मीलाई उक्त सामग्री प्रदान गरिएको छ । 

त्यस्तै इमेज च्यानल र एपी वान टेलिभिजनमा गएर संचारकर्मीलाई पनि उक्त सामग्री प्रदान गरिएको छ । 

साथै बानेश्वर, मिनभवन, पुतलीसडक लगायत राजधानीका विभिन्न स्थानमा भेटिने नागरिक र सार्वजनिक सवारीका स्टाफका साथै मजदूरवर्गलाई पनि उक्त सामग्री प्रदान गरिएको तिमल्सिनाले बताए । 

उनले शंकरदेव क्याम्पसका विद्यार्थी नेता दीपक ओझा र नेबिसंघ स्याङ्जा काठमाडौं सम्पर्क समितिका अध्यक्ष इ. दिपेन्द्र क्षेत्री लगायतको अग्रसरतामा संकलन गरिएका सामग्रीहरु वितरण गरिरहेको बताए । 

काठमाडौं उपत्यका बाहिर पनि नेविसंघले केन्द्रको अभियान अन्तर्गत नै सहयोगी अभियान चलाइएको महामन्त्री तिमल्सिनाले बताए । 

तिमल्सिनाले हाम्राकुरासंग भने, ‘हामी अहिले विद्यार्थीका लागि मात्र हकहितका कुरा गर्ने अवस्थामा छैनौं । देशमा लकडाउन छ । कोरोनाको संक्रमण नफैलियोस् भन्नेमा सरकार रहेको छ । हामी पनि यही बेलामा सहयोगी हात अगाडि बढाउन चाहेका मात्रै हौं । विद्यार्थीले दिन त के नै सक्छन् र हामीले संकेतमात्र गरेका हौं । अहिले जोसुकैले सहयोग गरेर सबैलाई बँचाउनु पर्नेछ । कोरोनाले आफ्नो पराई भन्दो रहेनछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ