arrow

महासचिव बिष्टलाई धम्क्याउने प्रधानमन्त्रीका निकटहरुलाई तरुण दलको चेतावनी

logo
प्रकाशित २०७६ चैत २२ शनिबार
jitjung-basnet-tarun1.jpg

काठमाडौं। महामारीको बेला जनतालाई राहत र ढाडस दिदै अभिभावकीय भूमिकामा रहनुपर्ने सरकार अनियमितता र कमिसनमा र्‍याल काढेकोमा तरुण दलले दुख व्यक्त गरेको छ। 

हाम्राकुरासँग कुरा गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले अनियमितता गरिएको स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्ध गरेर मात्र उन्मुक्ति दिन नपाइने बताए। बस्नेतले खरिद प्रक्रियामा संलग्न मन्त्री कर्मचारी र ब्यापारी लगाएत सबैलाइ कार्बाहीको दायरामा ल्याउनु पर्ने बताए। 

स्वास्थ्य सामग्री खरिद प्रक्रियाका बिषयमा समाचार प्रकासित गर्ने काठमाडौं प्रेसको सामग्रीमा अवैधानिक ढंगबाट गरिएको नियन्त्रणको छानविन गरि कार्वाही गर्न पनि बस्नेतले माग गरेका छन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टलाई दिइएको धम्कीलाई आपराधिक कार्यको करार दिदै बस्नेतले प्रधानमन्त्रीको कोटरी भित्र रहेर राज्यशक्तिको आडमा स्वतन्त्र प्रेसलाई दवाउने धम्क्याउने भूल नगर्न चेतावनी दिएका छन्। 

लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई आत्मसात गर्दै आएको नेपाल तरुण दल लगायतका लोकतान्त्रिक शक्तिलाइ यस्ता गैरलोकतान्त्रिक घृणित कार्य सह्य नहुने भन्दै बस्नेतले सचेत गराएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ