arrow

स्वास्थ्यमा खेलबाड गर्ने र भ्रष्टाचारमा लिप्त हुने राष्ट्रघाती – नेविसंघ

logo
प्रकाशित २०७६ चैत २२ शनिबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । नोभल कोरोना भाइरस संक्रमणका कारण जारी लकडाउनलाई जनताले सहयोग गरेकै बेलामा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताप्रति नेपाल विद्यार्थी संघले चासो व्यक्त गरेको छ । 

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणसंग जुध्न आवश्यक औषधि र अन्य उपकरणको खरिदका प्रसङगमा उठेका विभिन्न प्रश्नहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । 

कोरोना विरुद्धको लडाईमा सरकारले हेलचेक्राई गरेको भन्दै नेविसंघले अनियमिततामा संलग्नलाई कडा कारवाही गर्न समेत माग गरेको छ । नेविसंघ अध्यक्ष ढुंगानाले विज्ञप्तीमार्फत केही प्रश्नहरु गरेका छन् ।

१, डब्लूएचओले तीन महिनाअघि नै कोरोनाको संक्रमण विरुद्धका तयारीमा जुट्न सिंगो संसारलाई आह्वान गरी सक्दा पनि किन हामी चुप लागेर बस्यौं ?

२,   समय हुञ्जेल चुप लागेर बसेर आन्तिम समयमा आएर तीन घण्टा मात्र समय राखेर किन बोलपत्र आह्वा गरियो ?

३, सामानहरु बजार मूल्यभन्दा अस्वभाविक रुपमा बढी मूल्यमा किन खरिद गरियो ?

४, किनिएका सामानहरु कमसल र कम गुणस्तरका किन खरिद गरियो ?

संकटको बेलामा नेपाली जनतालाई झुक्याएर भ्रष्टाचारमा लिप्त हुनेहरु जो सुकै भए पनि नेपाली जनताले नछाड्ने नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताएका  छन् ।
उनले भने, ‘स्वास्थ्य जस्तों गम्भीर र संवेदनशील बिषयमा खेलबाड गर्ने र भ्रष्टाचारमा लिप्त हुनेहरू राष्ट्रघाती भएकाले संलग्न कसैलाइ छोडिन्न ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ