arrow

मौसम सफा, यस्तो छ पूर्वानुमान

logo
प्रकाशित २०७६ चैत २३ आइतबार
weather11.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसमविद् समीर श्रेष्ठका अनुसार मौसम सफा रहेको छ । दिउँसो सफा नै हुनेछ । पश्चिम पहाडका केही स्थानमा क्षणिक वर्षा हुनेछ ।  उपत्यकामा वर्षा नभए पनि बदली हुनेछ । 

महाशाखाले देशको पश्चिमी पहाडी भूभागका १–२ स्थानमा मेघ गर्जन र चट्याङ सहित  वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ । 

उपत्यकामा ११ डिग्री सेल्सियस तापक्रम रहेको छ । भिजिबिलिटी ५ किलोमिटर रहेको छ भने अधिकतम तापक्रम २९ डिग्री सम्म हुनेछ । 

सोमबार पनि मौसम सफा नै हुनेछ । वर्षा गराउने प्रणाली कुनै नभए पनि प्रिमनसुन भने रहेको छ । 

यस्तो छ सोमबार र मंगलबारको मौसम पूर्वानुमान 
चैत्र  २४ गते (सोमबार)

दिउँसोः देशका पहाडी भूभागमा अपरान्हपछि आंशिक बदली भई पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

रातीः  देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ। 

 चैत्र  २५ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भूभागमा अपरान्ह पछि आंशिक बदली भई पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । 

रातीः  देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ