arrow

ओलीको सम्बोधन : आवश्यकता हेरेर सीमाङ्कनमा हेरफेर गरिन्छ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2028240891.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आवश्यकता अनुसार सिमाङ्कन हेरफेर गरी असन्तुष्टका माग सम्बोधन गर्न सकिने बताएका छन् । आइतबार साँझ सरकारी निवास बालुवाटारमा राष्ट्रका नाममा संबोधन गर्दे प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा सिमांकन हेरफेर गर्न सकिने बताए ।  उनले भने, ‘संविधान गतिशील दस्तावेज हो, जनचाहना, राष्ट्रिय हित र औचित्यका आधारमा संविधान संशोधन हुन सक्दछ, ।’ 
 
ओलीले संविधान संशोधन गरी असन्तुष्ट पक्षका माग पूरा गर्ने तर्फ तत्काल कदम चाल्न सकिने जनाउ दिए । सम्बोधनमा प्रधानमन्त्री ओलीले प्रस्तावित प्रदेशको सीमाका विषयमा छलफल गर्न तयार रहेको समेत बताए ।
 
मधेसी मोर्चासँग जारी वार्तालाई निष्कर्ष दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले सबैको सहमति र सहकार्यबाट नै मुलुकलाई निकास दिन सकिने सुनाए । मुलुक चरम समस्यामा प रहेकाले सबै नागरिकले आफूले चाहेजस्तो संविधान बनाउँदा अमानवीय नाकाबन्दी व्यहोर्नु परेकामा खल्लो महसुस गरे । उनले भने,–‘सीमामा अवरोध गर्नु अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित हो ।’ नेपालीको महान चाड दशैं, तिहार र छठमासमेत नाकाबन्दीले जनजीवन कष्टकर भएको ओलीले सम्झिए । 
 
प्रधानमन्त्री ओलीले सरकारसँग रहेको जनताको अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको सुनाएका छन् । यद्यपि, राष्ट्रका नाममा सम्बोधन गर्ने नाउँमा उनले वर्तमान समस्यालाई समाधान गर्ने उपाय भन्दा बढी सरकारको महत्वकांक्षी नीति तथा कार्यक्रमबारे जानकारी दिए । 
 
प्रतिकुलतालाई चिर्दै संविधान जारी भएको भन्दै प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी गर्ने जनताको चाहना पुरा भएको सुनाए । अधिकांश एजेण्डाहरु संस्थागत भएको जिकिर गर्दै ओलीले नेपालको संविधान विश्वका लोकतान्त्रिक संविधानसँग तुलना गर्दा उत्कृष्ट गरेको ठोकुवा समेत गरे । 
 
देशबासीको नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालको अन्त्य हुँदै राजनीतिक समस्या समाधान भएको जिकिर गरे । यस्तै, उनले संविधान गतिशील दस्तावेज भएकाले  समयअनुसार परिवर्तन तथा सुधार गर्दै जान सकिने प्रष्ट्याए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ