कोरोना संक्रमितको पहिचना गर्न स्वास्थ्यकर्मीको तत्काल आवश्यकता, मन्त्री भन्छन् - एक गतेपछि मात्र संभव
दयाराम पण्डित,
प्रकाशित २०७६ चैत २३ आइतबार
319
Shares
बाजुरा । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ संक्रमित पहिचान गर्न बाजुरामा थप स्वास्थय स्वयंसेवकको आवश्यकता परेको छ । जिल्लामा कार्यरत २९६ वटा कर्मचारी आ–आफ्नो ड्युटीमा ब्यस्त छन् ।
“मौजुदा कर्मचारी हेल्थ डेस्क, क्वारेन्टाइन स्वास्थ्य संस्था, ज्वरो क्लीनिक र अति आवस्यक स्वास्थ्य सेवा प्रबाहगर्न पुगनपुग छन् । कार्यरत कर्मचारीलाई नै गाउँमा पठाई सम्भावित संक्रमित पहिचना गर्न नसकिने अबस्था छ । गाउँ गाउँमा पहिचान गर्न थप जनशक्तीको आवश्यकता परेको हो । ”जिल्ला स्वास्थय कार्यलय बाजुराका प्रमुख दयाकृष्न पन्तले भने ।
बाजुराका नौ वटा स्थानीय तह त्योपनि भौगोलिक विकटता एक वडावाट अर्को वडामा पुग्न एक दिनको पैदल दुरी हिड्नुपर्नै बाध्यता छ । यतिवेला सयौं मानिस देश विदेश वाट घर आएका छन् । बाजुरामा १२ गते देखि हेल्थ डेस्कमा चेक जांच सुरु गरिएको हो । हालसम्म ६हजार ७ सय ६९ जनाको सामान्य स्वास्थ्य जांच गरेर घर पठाइएको छ । त्यो भन्दा अगाडी कयौ मानिस स्वास्थ्य परिक्षण नै नगरी घर पुगेका छन् । विगत तीन महिना यता कति मानिस भित्रिए भन्ने तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय बाजुरासुंग छैन । तथ्याक संकलन गरी बाहरिबाट आएका संख्या एकिन गर्न गाउँ गाउँमा स्वास्थ्यकर्मी परिचालन गर्न आवस्यक छ ।
“तत्काललाई एक पालिकामा कम्तिमा पाँच जनाका दरले ४५ जना स्वास्थ्य स्वंसेवकको आवश्यकता छ । स्वास्थ्य जनशक्ती थपभएमा गाउँ गाउँमा लगत संकलन विवरण ल्याउन सहज हुने बताइएको छ । स्वस्थ्य मापदण्ड अनुसार क्वारेनटाइनमा राख्नका लागि संक्रमित सम्भावित ब्यक्ती पहिचान गर्न सामाजिक विकास मन्त्रालयमा स्वयंसेववको माग गरेका छौं । ” स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले भने ।
“गत चैत्र १२ गते यता ११४जना क्वारेटाइनमा राखेको केहीलाई होम क्वारेनटाइनमा राखेका छौं । कतिपय जिल्ला भित्र आएछन् भने कतिपय श्रमकिहरु जिल्ला बाहरि पनि गएकाछन् । कति आए कति गए त्यसको एकिन तथ्यांक छैन । ” जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी इन्स्पेक्टर दानवहादुर रोकायले जानकारी दिए ।
कोरोना संक्रमण वाट सुदुरपश्चि प्रदेश प्रदेशका नागरिक बढि त्रसित भएकोवेला स्वास्थय थप जनशक्ती ब्यबस्थापनमा के पहल भैरहेको छ ? भन्ने जिज्ञाषामा शुदुर पश्चिम प्रदेश सामाजिक विकास मन्त्री दिनेशप्रसाद सुबेदीले टेलिफोन सम्पर्कमा भने “ स्वयंसेवक राख्ने कुरा चलेको छ । माथिबाट पनि राख्ने कुरा भएको छ तर, यतिवेला हामी लकडाउन कसरी सफल पार्ने भन्ने योजनाको छलफल मै छैं । नयां स्वास्थ्य स्वंसेवक राख्ने कुरा आउँदो बैशाख एक गते पछि मात्र संभव हुन्छ । ”
शनिवार मात्र सुदुर पह्श्चिमका कैलाली र कञ्चनपूर जिल्लामा थप तीन जना कोभिड १९ संक्रमित बिरामी पहिचान भएपछि हिजो अस्तीको भन्दा बाजुराको सदरमुकाम मार्तडीमा लकडाउन कडा पारिएको छ ।