arrow

कारागारभित्रै क्वारेन्टाइन

logo
प्रकाशित २०७६ चैत २३ आइतबार
prison-jail.jpg

नवलपुर । जिल्लाका कैदी बन्दीलाई चितवन कारागार ल्याइएपछि यहाँका कैदी बन्दी त्रासमा परेका छन् । नवलपुरमा हालसम्म कारागार रहेको छैन । 

कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कोरोना भाइरस जोखिम हुन नदिन लकडाउन गरिएपछि  नवलपुर जिल्ला अदालतबाट आदेश भइ ११ जना कैदी बन्दी यहाँ आएका छन् ।

 उनले भने “ करागारको क्षमता कम नै रहेको छ । विशेष परिस्थितिका कारण कैदीबन्दी ल्याइएको हो । अव नपठाउन अनुरोध गरेका छौ । ” दुई सय ५५ जना क्षमता भएको यहाँको पुरुष बन्दी गृहमा ६६८ र  २५ जनाको क्षमता रहेको महिला गृहमा तीन आश्रित बालिकासहित ५८ जना रहेका छन् । साँघुरो ठाउँमा बाहिरबाट आउनेले रोग ल्याएमा सबै सङ्क्रमित हुने भएकाले सबै त्रासमा परेका हुन् । 

प्रमुख काफ्लेका अनुसार कारागारमा एक जना अहेबको दरवन्दि रहेको छ । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन कैदी बन्दीका आफन्तलाई भेटघाट बन्द गरिएको छ । कारागार भित्रै १५ श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ