arrow

कांग्रेस नेता गौचनद्धारा कोरोनाविरुद्ध मिलेर लड्न आव्हान, कोरोना सामग्रीमा भ्रष्टाचार गर्नु मानवता विरुद्धको अपराध

logo
प्रकाशित २०७६ चैत २४ सोमबार
romi-gauchan-thakali.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रोमी गौचन थकालीले विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी रुपमा मानव जातिके अस्तित्वमाथि सांघातीक हमला गरिरहेको भन्दै मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् । 

उनले हाम्रो देश विज्ञान र प्रविधि विकासको दृष्टिकोणले अन्य देशको तुलनामा पछाडि रहे पनि शाहस र आत्मवलको हिसाबले अगाडि रहेको भन्दै त्यही शाहससाथ अगाडि बढ्नु पर्ने बताएका छन् । 

सामाजिक संजाल फेसबुकमा कोरोना भाइरससम्बन्धी आफ्नो धारणा लेख्दै नेता गौचनले ‘सरकार कस्को छ ? यस्को नेतृत्व क़सले गरेको छ भनेर अल्मलिनु भन्दा पनि हामी सबै नेपाली एकजुट भै कोरोना भाईरस विरूद्ध लड़ौ ।’

उनले कोरोना विरूद्धको लड़ाई लड्नकै लागि आवश्यक तयारीमा भ्रष्टाचारजन्य समाचारहरू आउनु भने किमार्थ सहनयोग्य नभएको बताएका छन् । 

उनले भनेका छन्, ‘यदि  समाचारहरूमा सत्यता छन् भने यी कार्यहरू आर्थिक भ्रष्टाचार मात्र नभई मानवता विरूद्धको अपराध पनि हो। यस्को छानविन हुनु नै पर्दछ। सरकार जवाफदेहीपूर्ण र कर्तव्यनिष्ठ ढंगले यो युद्धको मोर्चामा सर्वसम्मत, राष्ट्रिय सहमति र सहकार्य गरी अगाडि बढ्नोस् । हामी सबैको साथ रहने छ । रहनु पर्दछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ