arrow

घरको कोठामै गोली हानि महिलाको हत्या, श्रीमानमाथि शंका

logo
प्रकाश बम,
प्रकाशित २०७६ चैत २४ सोमबार
gun-bullet-ar.jpeg

 डोटी । डोटीको जोरायल गाउँपालिकामा वडा नम्बर ४ देउथलामा एक महिलालाई गोली हानेर हत्या गरिएको छ ।  आईतबार बेलुकी करिब ५  बजेतिर नङनी टोलकी २० वर्षीया अनिता वनको भरुवा बन्दुकको गोली हानेर हत्या भएको प्रहरीले जनाएको छ । 

अनितालाई उनलाई २२ वर्षीया  श्रीमान खडक वनले गोली हानी हत्या गरेको आशंका गरिएको छ । मृतक अनिता र उनका श्रीमान मात्रै घरमा भएको बेला घटना भएको र उनका श्रीमानले आफुले गोली नहानेको बताएका इलाका प्रहरी कार्यालय जोरायलका इञ्चार्ज सइ महेन्द्र थापाले बताए । मृतक अनिताको छातीको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।

घरको माथिल्लो तलामा रहेका दुइ कोठामध्ये भित्र पट्टीको कोठामा घटना भएको र सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको सइ थापाले बताए ।
अनिताका श्रीमान खडकले आफु घरको तल्लो तलामा रहेको बेला एक्कासी गोली पड्किएको आवाज आएको र त्यसपछि आफु माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको बताएको प्रहरीले जानकारी दिएको छ । घटनाको समयमा खडककी आमा विपिनगर खडककी फुपुको घर गएको, बुबा गाउँकै माथिपट्टी रहेको पसलमा गएको र भाई बल खेल्न गएको बताईएको छ ।

घरमा दुई श्रीमान श्रीमती मात्र भएको समयमा घटना हुदाँ श्रीमानले हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । निज बनको घरमा राखिएको भरुवा बन्दुक अबैध रहेको समेत प्रहरीले जनाएको छ । 

प्रहरीले खडक वनलाई नियन्त्रणमा राखी घटनास्थललाई सुरक्षा घेरामा राखेर घटनाको विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमूख प्रहरी उपरिक्षक दिलिप सिं देउवा बताए । उनले भने हामी  घटनाको अनुसन्धान गरिरहेको छौ ,घटना कसरी भयो कसले गर्यो भन्ने विषयमा तत्कालन भन्न नसकिने बताए ।
 
डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं. ५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खडकको गत फाल्गुन १३ गते भागी विवाह भएको र फाल्गुन २९ गते सामाजिक परम्परा अनुसार विवाह भएको पारिवारीक श्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ