arrow

कोरोना कहर: न लास न सास, नवौं दिनसम्म पनि पाएनन् परिवारले थापाको शव

logo
नारायण वली,
प्रकाशित २०७६ चैत २४ सोमबार
isolation-family.jpg

रुपन्देही ।  चैत १६ गते कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा पाल्पाको रिब्दिकोट स्थित कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापाको आईसोलेसन वार्डमा मृत्यु भयो । सोही दिन विहान कोरोना भाईरस परिक्षणका लागि उनको थ्रोड स्वाव परिक्षण गर्नका लागि राष्ट्रिय प्रयोगशाला काठमाण्डौं पठाईयो तर यता आईसोलेसनमा भर्ना गरिएका थापाको मृत्युवरण भयो । 

बुटवलमा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा कोरोना भाईरसको संक्रमण भएको आशंकामा भर्ना गरिएका थापाको करिव ८ दिन अगाडी सोही अस्पतालको आईसोलसन कक्षमा मृत्यु भएको थियो । तर विडम्वना, सोमवार थापाको मृत्यु भएको नवौंं दिनसम्म पनि उनको पार्थिव शरीरलाई उनकी पत्नी रिता थापाले समेत हेर्न पाएकी छैनिन् । पत्नी रिता भन्छिन्– श्रीमानको मृत्यु भएको खवर सुनेर हतार हतार अस्पताल गए तर मलाई मेरो श्रीमानको शव नजिक मात्र होनन गेट नै प्रवेश गर्न नदिएको उनले दुखेसो पोखिन् ।

उता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको स्वाव परिक्षणको नतिजा नेगेटिभ आएको वताईए पनि लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले कोरोना भाईरसको परिक्षणमा आएको नेगेटिभ रिर्पाेटलाई मान्न नसकिने वताएका छन् ।

चैत्र ६ गते युएईबाट नेपाल आएका मृतक थापालाई घर आउँदा सामान्य ज्वरो आएको र उनको स्थानिय मुर्गियामा रहेको एक मेडिकलमा ल्याव जाँच गर्दा टाईफाईड भएको भन्ने रिर्पाेट आएको र सोही अनुसार औषधि उपचार गरेपछि स्थिती केही दिन सामान्य भएको र पुन. ज्वरो आउन थालेपछि उनी थप उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा गएको वताईएको छ । 

तर अस्पतालले कोरोना भाईरको केही लक्षण रहेको भन्दै उनलाई केही दिन आईसोलेसन वार्डमा भर्ना भएर उपचार गनुपर्ने भनिएपछि मृतक थापा कोरोना विशेष अस्थायी अस्पतालमा चैत्र १३ गते भर्ना भएको कोरोना भाईरस अस्थायी अस्पतालले जनाएको छ । चैत्र १६ गते मृत्यु भएका थापाको शव अहिले लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ भने सोमवार (आज) नवौं दिन पुग्दा समेत अझै सम्म घरपरिवार तथा आफन्तले मृतक थापाको शव पाउन सकेका छैनन् । 

मृतकका आफन्त र प्रमुख विपक्षी नेपाली कांग्रेससहितका राजनीतिक दलले अस्पतालको लापरवाहीका कारण ज्वरोका विरामी थापाको मृत्यु भएको भन्दै छानबिन गर्न र पीडित परिवारलाई न्याय हुने गरी राहत दिन माग गर्दै शव उठाउन मानेका छैनन् ।

तर सरकारी पक्षबाट यससम्बन्धी औपचारिक धारणा अझै आएको छैन । शव उठाउने पहल नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ । सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न आफ्ना मागमाथि बेवास्ता गरेको भन्दै मृतकको परिवार रुष्ट छ ।

पत्नी रिता थापा, रिताका दाजु कमल टण्डन लगायत आफन्तले कोरोना विशेष अस्पतालले बाबुराम थापा भर्ना भएदेखि मृत्यु हुँदासम्मको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् । ‘अस्पतालले उपचारमा लापरवाही गरेको होइन भने सीसीटीभी फुटेज सार्वजनिक गरेर हाम्रो चित्त बुझाउनुपर्छ,’ मृतकका जेठान कमल टण्डनने भने, ‘अप्ठेरो परिस्थितिको बहानामा मान्छेको ज्यानमाथि भएको लापरवाही र खेलवाड गर्नेलाई हामी कदापी छाड्दैनौ ।’

दुबईबाटै ज्वरो लिएर आएका थापालाई ज्वरो निको नभएपछि चैत १३ गते कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । चैत १६ गते दिउँसो १ बजे उनको मृत्यु भयो । मृत्यु भएकै दिन मात्रै उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकोमा अर्को दिन रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।

थापाको उपचारबारे मृतककी पत्नी, आफन्त, सरोकारवाला र स्वास्थ्य क्षेत्रका जानकार सबैले अस्पतालको लापरवाहीका कारण ज्यान गएको कुरामा एकमत रहेकाले कि त निष्पक्ष छनबिन हुनुपर्ने, कि त आशंका हटाउन सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने आफूहरुको माग रेहको टण्डनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले थापाको उपचारमा लापरवाही नभएको दावी गरेका छन् । तर पिडित परिवारले राखेको सिसिटिभि फुटेज देखाउनु पर्ने मागलाई भने आफुले मात्रै निर्णय लिन नसक्ने प्रतिक्रिया दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ