arrow

पुल नै बन्द गरेर गाउँ प्रवेशमा रोक  !

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७६ चैत २४ सोमबार
pul_1.jpg

पाल्पा । अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाउन पुल नै बन्द गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण फैलन नदिन सरकारले लकडाउनको घोषणा गरे पनि मानिसहरुको आवतजावत नरोकिए पछि स्याङ्जाको कालिगण्डकी गाउँपालिका १ र पाल्पाको तानसेन नगरपालिका १४ जोड्ने झोलुङ्गे पुलमा अस्थायी बार लगाई प्रवेश निषेध गरिएको हो । 

पुल हुँदै ओहोरदोहोर गर्ने तथा विभिन्न बहानामा गाउँमा नयाँ नयाँ मान्छे प्रवेश हुने गरेपछि स्थानीयको सक्रियतामा पुल बन्द गरी प्रवेशमा रोक लगाईको कालिगण्डकी गाउँपालिका १ का वडा अध्यक्ष सोभिलाल चौतारेले बताए । उनका अनुसार स्थानीयको सुरक्षालाई मध्यनजर गर्दै स्याङ्जा तर्फको पुलको मुख बन्द गरिएको छ । 

पुल नै बन्द गरेर गाउँप्रवेशमा रोक लगाएपछि केही विरोध समेत भएको छ । तानसेन तर्फ अर्गली, रिडी क्षेत्रका मानिसहरु घाँस, दाउरा गर्नका लागि पुल हुँदै कालिगण्डकी गाउँपालिकाको वडा नं १ मा जानुपर्ने हुँदा पुल बन्दले आफुहरुलाई समस्या परेको भन्दै उनीहरुले विरोध गरेका छन् । 

वडा अध्यक्ष चौतारेले भने स्थानीयवासी र तानसेन १४ का वडा अध्यक्ष कमल थापासँगको सहमतीमा बार लागाइएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ