arrow

लकडाउनपछि पहिलो पटक काँग्रेस पदाधिकारी बैठक

logo
प्रकाशित २०७६ चैत २५ मंगलबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक मंगलबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बोलाइएको छ । 

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेसपदाधिकारी बैठक पहिलोपटक बस्न लागेको हो । 

बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारका तर्फबाट भएका काम–कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

कांग्रेसको पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव हुनुहुन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रुपमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ