arrow

मौसम हल्का प्रतिकुल, यस्तो छ पूर्वानुमान

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
weather11.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशको पश्चिमी भूभाग  लगायत पूर्वी तथा मध्य पहाडी भूभागमा  आंशिकदेखि  सामान्य  बदली  रहेको छ । 

मौसमविद् बरुण पौडेलका अनुसार मौसम उपत्यकामा पनि आंशिक बदली रहेको छ । रातिपख उपत्यकामा छिटफुट वर्षा हुन सक्नेछ । उपत्यका बाहिर केही स्थानमा बेलुकीपख वर्षा हुनेछ । पश्चिमतिर अहिले पनि बदली रहेको छ । यो क्रम बिहीबारदेखि सुध्रिने छ । 

महाशाखाले देशको  पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ । 

काठमाडौं उपत्यकाको बुधबार बिहानको न्यूनतम तापक्रम १२.६ डिग्री सेल्सियस रहेको थियो । अधिकतम २९ डिग्रीसम्म हुनेछ । मंगलबारको अधिकतम तापक्रम २८.६ डिग्री रहेको थियो । 

बुधबार बिहानको भिजिबिलिटी ४ किलोमिटर रहेको छ ।

बिहीबार र शुक्रबारको पूर्वानुमान यस्तो छ–
चैत्र  २७ गते बिहीबार

दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी  भूभागमा  आंशिकदेखि  सामान्य  बदली  रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य पहाडी भूभागका एक(दुई स्थानमा अपरान्ह पछि  मेघ(गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पश्चिमी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

चैत्र  २८ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी  भूभागमा  आंशिक बदली  रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

रातिः देशको पश्चिमी भूभागमा आंशिक बदली  रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ