विप्लवलाई कोरोनाको त्रास : पार्टीका गतिविधि स्थगित, एकान्तबास बस्न आग्रह
जनकबहादुर शाही,
प्रकाशित २०७६ चैत २६ बुधबार
823
Shares
हुम्ला। विश्वभरि माहामारीका रुपमा फैलिएको कोरोना भाइरसको तरासलाई मध्येनजर गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीका सबै गतिविधि स्थगित गरेको छ ।
स्वास्थ्य सम्बन्धि जनचेतना मुलक कार्य बाहेक हुम्ला जिल्लामा संचालन भइरहेका पार्टीका सबै गतिविधि केन्द्र पार्टीको निर्देशन अनुसार स्थगित गरेको नेकपा विप्लव हुम्लाका सेक्रेटरी कुम्भ बुढा (निर्माण) ले बताएका हुन् ।
उक्त पार्टीको यहि चैत्र २४ र २५ गते अदानचुलीमा २ दिनसम्म संचालन भएको बैठकले कोरोना भाइरसका कारण उत्पन्न भएको जिटिल परिस्थिति सामान्य नहुदासम्म नेकपा विप्लवले हुम्ला जिल्लामा संचालन गरिने स्वास्थ्य सम्बन्धि जनचेतनाका कार्यक्रम बाहेक अरु सबै गतिविधि बन्द गर्ने निर्णय गरेको सेक्रेटरी बुढा (निर्माण) ले बताए ।
अहिले देश भरि नै लकडाउन भएकोले यसको समस्या समाधान नहुदासम्मको लागि जिल्ला भरि स्वास्थ्य सम्बन्धि जनचेतनाका कार्यक्रम मात्र संचालन गर्ने गरी अन्य सबै कार्य क्रम बन्द गर्ने र कोरोनाको पछि अबस्था हेरेर कार्यक्रम कसरी संचालन गर्ने भन्ने कुरा पार्टी संगठनको अर्को बैठकले तय गर्ने उल्लेख बताईएको छ ।
कोरोनाको कहरबाट विश्वभरि संकट परेका बेला हुम्ला जिल्ला बासीहरुले आ–आफ्नो क्षेत्रमा कोरोनाबाट बच्न उपायहरु अलम्वन गर्न एकान्तबास बसि आफ्नो ब्यक्तीगत सरसफाई ध्यान दिन नेकपा विप्लवका जिल्ला सेक्रेटरि कुम्भ बुढाले सबै जिल्लाबासीलाई अपिल गरेका छन ।