arrow

डेरामा बस्ने विद्यार्थीहरुलाई राहत प्याकेज ल्याउन नेबिसंघको माग

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
NSU_NEW_Flag.jpeg

काठमाडौं। नेपाल विद्यार्थी संघले देशभरी पढाईका क्रममा डेरा लिएर बसेका तथा विपतको समयमा घर जान नपाई डेरामै रहेका विद्यार्थीहरुका लागि उच्च प्राथमिकता राखेर राहत वितरण गर्न आग्रह गरेको छ । 

नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले एक विज्ञप्ती जारी गर्दै विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई त्यहाँका दुतावास मार्फत सबै किसिमको सहयोग गर्न माग गरेका छन ।

लामो समयसम्मको लकडाउनका कारण डेरा गरेर बस्ने विद्यार्थीहरूले भोग्नुपरेको समस्या र ज्याला मजदुरी गर्नेहरूलाई तत्काल यथोचित राहतको ब्यवस्था गर्ने दायित्व सरकारले निर्वाह गर्न नसकेको नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए । उनले अध्ययनका लागि बिदेशमा रहनुभएका विद्यार्थीहरूलाई नेपाली दुताबास र सम्बन्धीत निकाय मार्फत आवश्यक सहयोग गर्न समेत संघले सरकारको ध्यानाकर्षण गरेको तिमल्सिनाले बताए।

नेविसंघका महामन्त्री युवराज पाण्डेले डेरा गरेर बिभिन्न ठाउँमा बस्ने विद्यार्थीहरु लामो समयसम्मको लकडाउनका कारण अत्यन्त कठीन अवस्थामा दैनिकी गुजार्न बाध्य भएको एङ्कपछि अर्को जानकारी पाएपछि सरकारको ध्यानाकर्षण गरिएको बताए। उनले विद्यार्थीहरुको तत्काल पहिचान गरि तत्काल राहतको प्याकेज ल्याउन संघले माग गरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ