arrow

कोरोना : अब गाँउ गाँउमा खोजी दस्ता

logo
युद्घ बहादुर मल्ल,
प्रकाशित २०७६ चैत २७ बिहिबार
ppe_2.jpg

मुगु । कोरोना भाइरस (कोभिड १९)लाई रोकथाम,नियन्त्रण गर्न र प्रभावित व्यक्ति ,परिवारको उपचार , राहत वितरणलाई प्रभावकारी बनाउन मुगु जिल्लाका प्रत्येक वडाहरुमा खोजी दस्ता गठन गरिएको छ ।

जिल्लाका स्थानीय सरकारहरुले क्वारेन्टाइन,आइसोलेशन वेडको तयारी पुरा गर्दा पनि छिमेकी देश भारत र तेसो्र मुलकबाट आएका,गाँउघरमा रुगा खाकी,ज्वरो आउने नागरिकहरु चेकजाँच र बस्नका लागी नआएपछि जिल्लाका सबै वडामा खाजी दस्ता गठन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारहरुको समन्वयमा पटक पटक भारत तथा तेसो्र मुलकबाट  आएकाहरु वडा कार्यालयहरुको सम्पर्कमा आई कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्न अनुरोध गरेपनि त्यस्ता व्यक्ति अझै सम्पर्कमा नआएको र कहि कसैलाई कोरोना भएमा समुदायमा फैलन सक्ने भन्दै प्रत्र्यक वडामा त्यस्ता व्यक्तिहरुको खोजी गरी क्वारेन्टाइन बसाल्न सहयोग गर्न,क्वारेन्टाइनमा बस्न नमान्नेलाई प्रहरीको सहयोग लिने,वडामा माईकिङ्ग तथा सचेतनाका अन्य कार्य गर्न, कोरोना संग मिल्दो जुल्दो लक्षण भएका विरामीलाई आइसोलेशनमा पठाउने र कोरोना भाइरस नियन्त्रणका लागी आवश्यक पर्ने अन्य तथ्याङ्ग संकलन तथा अध्यावधिक गर्ने कार्यका लागी खोजी दस्ता गठन गरि त्यसो जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिन स्थानीय सरकारहरुलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए ।

लक डाउन भएको तेसो्र साता लागी सक्दा पनि जिल्लामा कती संख्यामा भारत तथा तेसो्र मुलकबाट नागरिक आए त्थसको एकिन तत्थ्याङ्ग आउन सकेको छैन अब खोजी दस्ता मार्फत त्यस्ता व्यक्तिहरुको खाजी गरि अनिवार्य उनीहरुलाई क्वारेन्टाइनमा ल्याईने व्यवस्था मिलाउने पनि प्रजिअ निरौलाले बताए ।

जिल्लामा रहेका चारवटा स्थानीय तहहरुले आफना वडाहरुमा खोजी दस्ता गठन गरेर काम शुरु गरेको बताएका छन । मुगु जिल्लाका ४५ वडाहरुमा गठन भएका ५ सदस्यि खोजी दस्ताहरुले को कती भारत तथा तेसो्र मुलकबाट आफनो वडा बस्तिहरुमा  आए तिनीहरुको तत्थ्याङ्ग लिने काम शुरु गरि सकेका र पालिकामा सबै तथ्याङ्ग आए हप्ता दिन भित्रमा जिल्ला प्रशासन कार्यालयमा पालिका भरीको तथ्याङ्ग प्राप्त हुने जानकारी पालिकाहरुले दिएको पनि प्रशासन कार्यालयले बताएको छ ।

गत जनवरी र मार्गमा कतारबाट आफनो घर आएका सोरुगाँउपालिका २ जना र भारतबाट आएका १ जना गरि जम्मा ३ जनाले आफनो स्वाब परिक्षणका लागी जिल्ला अस्पतालमा दिएका छन । 

सोरु गाँउपालिकाको तारापानी क्वारेन्टाइनमा बस्दै आएका उनीहरुको १४ दिन बसाई सकिएपछि आफनो स्वाब परिक्षणका लागी दिएका हुन । आफूहरुमा कुनै लक्षण नदेखिएपनि ढुक्क हुनका लागी आफनो स्वाव दिएको उनीहरुले बताएका छन । जिल्लामा ६० हजार बढी जनसंख्या भएपनि हालसम्म ३ जनाको मात्र स्वाब संकलन भएको छ ।

विकट तथा दुर्गमताका कारण गाँउ गाँउबाट स्वाव संकलन गरेर सुरक्षित रुपमा जिल्ला अस्पताल पुराउन समस्या भएकोले स्वाव संकलनमा कठिनाइ भएको जिल्ला अस्पताल मुगुका चिकित्सक डबल बहादुर मल्ल बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ छिटो नतिजा लिन र कोरोना छ छैन पत्ता लगाउन गाँउ गाँउ वडा वडाहरुमा घुम्ती शिविर गरेर स्वाव संकलन गर्नु पर्ने नत्र आफै २-३ दिन हिडेर जिल्ला अस्पतालमा आफनो स्वाव परिक्षणका लागी दिन कोहि आउदैन । 

४ हजार बढीको हेल्थ चेकजाँच
चार वटा पालिकामा रहेका १९ वटा हेल्थ डेक्समा ४ हजार ३९३ जनाको स्वास्थ्य परिक्षण गरिएको छ  जिल्लामा १९२ क्वारेन्टाइन, ८ वटा आइसोलेशन वेड रहेको,व्वारेन्टाईनमा रहेका ४९ जना मध्य ४७ जना घर फर्केका २ बसेका,१ जना आइसोलेशनमा रहेका, ३२६ जना विपन्न तथा गरिव व्यक्तिलाई राहत वितरण गरेको र भारत तथा तेसो्र मुलकबाट आएका संख्या ८२ प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ