arrow

लकडाउनको १८ औं दिनः सरकारको भ्रमले प्रहरीलाई तनाव, उल्लंघन बढ्दो

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
lockdown-ktm1.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउनको शुक्रबार १८ औं दिन हो । 

अहिलेसम्म आइपुग्दा सर्वसाधारणको दैनिकी कठिनपूर्ण बन्दै गएको छ । लकडाउनको पालना गर्दा विशेषगरी दैनिक ज्यालादारी गर्नेहरुको जीवन कठिन बनेको हो । 

सहजै राहत पाउन नसकेका कारण पनि उनीहरुको जनजीवन कठिन बनेको हो । 

स्थानीय सरकार भए पनि दैनिक ज्यालादारी गर्ने र न्यून आय भएकाको पहिचान गर्न नसक्दा समस्या थपिएको छ । 

धनीलेसमेत पनि अवसर लुटिरहेका छन् । 

लकडाउनले लक हुनेहरुलाई समस्या
लकडाउनले जहाँ छ त्यहाँबाट सम्बन्धित ठाउँमा जान नपाएकाहरुलाई समस्या देखिएको छ । उनीहरुले कतिबेला लकडाउन खुल्छ भन्दै प्रहरीको १०० र १०३ मा सम्पर्क गरी जानकारी लिनेहरुको संख्या उल्लेख्य छ । 

सरकारले कुनै समय नै नदिई चैत १० गते बेलुकीको समयमा ११ गते बिहान ६ बजेदेखि लकडाउन गर्ने जनाएपछि लाखौंको समस्या पीडितहरु भएका हुन् । 

उनीहरुलाई जाने व्यवस्था गर्न नसक्दा समस्या भएको हो । तर विशेष पास उपलब्ध गराएर भए पनि केहीको संख्यामा भने सम्बन्धित स्थानमा गएका छन् । 

तर पहुँच नहुनेहरुले यसमा पनि पीडा भोग्नुपरेका घटनाहरु प्रहरीको १०० र १०३ मा दर्ता भएको प्रहरीले जनाएको छ । 

कतिपयले भने त्यही नम्बरमा समेत पनि सम्पर्क नगर्दा थप समस्यामा परेका छन् । 

सरकारले बैशाख ३ गतेसम्म लकडाउन लगाएको छ । अझै थपिन पनि सक्नेछ । 

सरकारको हल्लाले झनै अप्ठेरो 
सरकारले बिहीबार दिउँसो एउटा विवादास्पद निर्णय गरेको खवर आयो । शुक्रबार र शनिबार काठमाडौंबाट बाहिर जान चाहनेका लागि खुल्ला गरिदिने । सरकारको यो निर्णयको चर्को विरोध भयो । 

अनि सरकारले साँझ आएर कुनै निर्णय भएको छैन भनी स्पष्ट पार्यो । तर केही घण्टाको त्यो सूचना प्रवाहले गर्दा बाहिर जान तयारी गर्नेहरु उल्लेख्य भए । 

कतिजना त शुक्रबार बिहान झोला बोकेर बाहिर निस्केका थिए । सरकारको यो आलोकाँचो निर्णयले अलमल भयो । 

नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उपत्यकाबाट बाहिरिन खोज्नेलाई दुई दिन जानका लागि बाटो खोल्ने निर्णय गरेको थियो । 

तर त्यसलाई फेरि निर्णय स्थगित गरिएको प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुकले जनायो । 

त्यतिमात्र हैन पछि त्यो आधिकारिक फेसबुक पेज नै गायब पारियो । यो भन्दा सरकारको अफबाह फैलाउने गलत कदम के हुन सक्ला ? 

उल्लंघन बढ्दो
सरकारले नै ख्यालठट्टा गर्न सक्छ भने सर्वसाधारण पनि के कम । त्यस्तै भइरहेको छ १८ दिनसम्म । 

लकडाउन भनिए पनि कहिले मर्निङ वाक त कहिले बाहिर के रहेछ हेरौं न त भन्दै बाहिर निस्कनेहरु धेरै नै छन् । 

बिहान ६ बजेसम्म २१४ जनाले लकडाउनको उल्लंघन गरेका थिए काठमाडौं उपत्यकाबाट । कोही सरकारको निर्णयको शिकार बन्दै झोला नै बोकेर बाहिर जान निस्केका थिए । 

प्रहरीले भने माइकिङ गरेर समाचारमा सत्यता नभएको र घरमै बस्न आग्रह गर्दै आएको छ । 

त्यस्तै ट्राफिक प्रहरीले ७३५ सवारी २४ घण्टाको अवधिमा होल्डमा लिइएको जनाएको छ । जसमा ५४ सवारी अझै बुझाउन बाँकी छ । 

काठमाडौं बाहिर पनि यही अवस्था रहेको प्रहरीले बताएको छ । प्रहरीले होल्डमा लिएर मानिसलाई ३ घण्टासम्म राख्ने गरेको छ । 

अत्यावश्यकीय सवारी साधन भने चलिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ