arrow

कैदीबन्दीबाट कोरोना कोषमा ७५ हजार ८ सय ४० प्रदान

logo
रासस,
प्रकाशित २०७६ चैत २९ शनिबार
prison-jail.jpg

वीरगञ्ज। वीरगञ्ज कारागारका कैदीबन्दीले एक दिनको खर्चबापतको ७५ हजार ८ सय ४० कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा प्रदान गरेको छ। विश्वव्यापीरुपमा मानव अस्तित्व र सभ्यतामाथि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा वीरगञ्ज कारागारका ९५ महिलासहित एक हजार २ सय ६४ कैदीबन्दीले एक दिनको खर्चबापतको ७५ हजार ८४० सो कोषमा प्रदान गरेको हो। कारागारभित्र शुक्रबार आयोजित एक कार्यक्रमबीच सो रकम कारागारका पुस्तकालय नाइके कुनाल अग्रवालले जेलर श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरे।

सो अवसरमा जेलर पोखरेलले राहत रकम लिँदै उक्त रकम नेपाल सरकारको राहत कोषमा जम्मा गर्ने बताए। हाल कारागारभित्र एक हजार २ सय ८६ कैदीबन्दी रहेका छन्। कारागारभित्र रहेका कैदीबन्दीमध्ये आर्थिकरुपमा अतिविपन्न २२ कैदीबन्दीले रकम उपलब्ध गराउन नसकेको कारागार प्रशासनले जनाएको छ। सो अवसरमा कैदीबन्दीका तर्फबाट पुरुष नाइके विनोद साह सोनार, महिला नाइके जमुना कुँवरलगायतले स्वेच्छाले कैदीबन्दीले उक्त रकम दिएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ