१० एसएसपीलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस
रासस,
प्रकाशित २०७६ चैत २९ शनिबार
916
Shares
काठमाडौं। नेपाल प्रहरीतर्फ १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस गरिएको छ। प्रहरी नियमावली २०७१ (संसोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस समितिको यही चैत २८ गतेको निर्णयले बढुवा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए।
बढुवा सिफारिसमा परेका एसएसपीहरुमा घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी रहेका छन्। गृहसचिवको नेतृत्वमा उक्त बढुवा समिति रहेको छ।